Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

Logo

Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

प्रधानमन्त्रीज्यू, सेनेटरी प्याड महिलाको विलासिता होइन, आवश्यकता हो : अनेरास्ववियु अध्यक्ष बराल

प्रधानमन्त्रीज्यू, सेनेटरी प्याड महिलाको विलासिता होइन, आवश्यकता हो : अनेरास्ववियु अध्यक्ष बराल

  • आश्विन ८, २०७८ शुक्रवार
  • १९:५८:४७ बजे
  • 489
    SHARES
  • प्रधानमन्त्रीज्यू, सेनेटरी प्याड महिलाको विलासिता होइन, आवश्यकता हो : अनेरास्ववियु अध्यक्ष बराल

    काठमाडौं – अनेरास्ववियुले विश्वका करिब चार अर्ब र नेपालका करिब एक करोड पचास लाख महिलाले प्रयोग गर्ने सेनेटरी प्याडमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले लगाएको १० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत भ्याटप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

    अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले शुक्रबार विज्ञप्ति जारी गर्दै वर्तमान परिस्थितिमा सेनेटरी प्याड महिलाको विलासिता नभई आवश्यकता रहेको बताएकी हुन् ।

    ‘तसर्थ प्रत्येक महिलाले मासिक रुपमा प्रयोग गर्ने सेनेटरी प्याड सर्वसुुलभ र सुपथ मुल्यमा उपलब्ध गराउने राज्यको दायित्व हुनुपर्नेमा कांग्रेस नेतृत्वको वर्तमान सरकारले प्याडमा समेत विलासिताको सामाग्रिमा झै उच्च कर लगाई महिलाहरुको संवेदनशीलताप्रति गरेको बेवास्ता र विभेदप्रति अनेरास्ववियु घोर निन्दा र आपत्ति प्रकट गर्दछ,’ बरालले भनेकी छिन् ।

    केपी ओली नेतृत्वको सरकारले आर्थिक वर्ष २०७६।०७७ देखि नै सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूका लागि निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै विश्वविद्यालयमा अध्ययनरत छात्राहरुका लागि समेत निःशुल्क र अनिवार्य सेनेटर प्याड उपलब्ध हुने व्यवस्था गर्न नेपाल सरकार र सम्बन्धित निकाय समक्ष बरालले माग गरेकी छिन् ।

    ‘साथै वर्तमान सरकारले सेनेटरी प्याडमा लगाएको १० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत भ्याट तत्काल खारेज गर्न समेत अनेरास्ववियु नेपाल सरकार समक्ष माग गर्दछ,’ उनले भनेकी छिन् ।

    मुलुकभित्रका विकृति, विसंगति, अनियमितताको विरुद्ध एवम् जनजिविका, राष्ट्रियता र अधिकार प्राप्तिको आन्दोलनको पक्षमा सदैव लड्दै आइरहेको संगठन भएको बताउँदै अध्यक्ष बरालले अनेरास्ववियुले विगतमा गरिएका आन्दोलनको शैलीलाई परिवर्तन गरि अवका आन्दोलनहरुलाई प्राविधिक र रचनात्मक बनाउँदै हरेक क्षेत्र र पक्षहरुमा सरकारी र गैर सरकारी निकायहरुबाट हुने विभेद, अन्याय र अत्याचार, विकृती, विसंगतीको विरुद्ध निरन्तर खबरदारी गर्दै र सचेत गगाउँदै आइरहेको प्रष्ट पारेकी छिन् । 

  • सम्बन्धित विषय:

  • # सुनिता बराल

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij