Friday, Oct 30 2026 शुक्रवार, कार्तिक १४ गते २०८३

Logo

Friday, Oct 30 2026 शुक्रवार, कार्तिक १४ गते २०८३

गौरिका सिंहलाई उत्कृष्ट महिला वर्ष खेलाडी अवार्ड

गौरिका सिंहलाई उत्कृष्ट महिला वर्ष खेलाडी अवार्ड

  • पौष २९, २०७७ बुधवार
  • १७:०२:१२ बजे
  • 484
    SHARES
  • गौरिका सिंहलाई उत्कृष्ट महिला वर्ष खेलाडी अवार्ड

    काठमाडौं । गएको वर्ष सम्पन्न १३ औं सागमा ४ वटा स्वर्ण, २ रजत, ३ कांस्य जितेकी पौडी खेलाडी गौरिका सिंह यस वर्षको उत्कृष्ट महिला खेलाडी भएकी छन् ।

    मंगलबार आयोजित १७ औं एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा गौरिका उत्कृष्ट महिला वर्ष खेलाडी घोषित भइन् । उनले १५० सीसीको पल्सर मोटरसाइकल पनि पाइन् ।

    यो विधामा तेक्वान्दोकी आयशा शाक्य, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ, करातेकी अनु अधिकारी र ट्रायथोलनकी सोनी गुरुङ मनोनयनमा परेका थिए ।

    यस्तै आठौं राष्ट्रिय खेलकुदमा गौरिकाले उनी सहभागी सबै १२ वटै स्पर्धामा स्वर्ण जितेकी थिइन् ।

  • सम्बन्धित विषय:

  • # गौरिका सिंह

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij