Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

Logo

Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

भारतीय खेलाडीलाई हराउँदै नेपालकी पुष्पाले जितिन् म्याराथनमा स्वर्ण

भारतीय खेलाडीलाई हराउँदै नेपालकी पुष्पाले जितिन् म्याराथनमा स्वर्ण

  • पौष २७, २०७७ सोमवार
  • ०७:१७:३८ बजे
  • 949
    SHARES
  • भारतीय खेलाडीलाई हराउँदै नेपालकी पुष्पाले जितिन् म्याराथनमा स्वर्ण

    काठमाडौं । बङ्गलादेशमा सम्पन्न बङ्गबन्धु शेख मुजिब म्याराथनमा नेपालकी पुष्पा भण्डारीले भारतीय खेलाडीलाई उछिन्दै स्वर्ण पदक जितेकी छिन् ।

    ढाकामा भएको दक्षिण एशियाली क्षेत्रको म्याराथनमा भण्डारीले निर्धारित दूरी दुई घण्टा ५९ मिनेट ४१ सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक प्राप्त गरेकी हुन् । सो स्पर्धामा भारतकी ज्योति गवातीले रजत पदक प्राप्त गरिन् ।

    उनले निर्धारित दूरी तीन घण्टा ४६ सेकेण्डमा पूरा गरिन । सो प्रतियोगितामा भारतकै गिगमत डोल्माले तीन घण्टा नौ मिनेटमा निर्धारित दूरी पूरा गर्दै तेस्रो पदक जितिन् ।

    गत वर्ष नेपालमै सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा भण्डारीले म्याराथनमा रजत पदक मात्र प्राप्त गरेकी थिइन् । भण्डारी विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबमा आवद्ध छिन् ।

    पुरुष म्याराथनमा नेपालका किरणसिंह बोगटी चाैथो भए । बोगटीले निर्धारित दूरी दुई घण्टा २५ मिनेट १३ सेकेण्डमा पूरा गरे । दौडका क्रममा उनलाई चोट लागेपछि दौडमा पछि परेकाे प्रशिक्षक धनीराम चौधरीले जानकारी दिए ।

    उनले १३औँ सागमा भने म्याराथनमा स्वण जितेका थिए । उक्त स्पर्धामा भारतका बहादुर सिंहले निर्धारित दूरी दुई घण्टा २१ मिनेट ४० सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक जिते ।

    भारतकै राजपाल सिंह दुई घण्टा २१ मिनेट ४१ सेकेण्डमा दूरी पूरा गर्दै दोस्रो तथा भारतकै रवि प्रकाश दुई घण्टा २४ मिनेट २३ सेकेण्डको समयमा दौड पूरा गर्दै तेस्रो भए । तस्विर : रातोपाटिबाट

  • सम्बन्धित विषय:

  • # स्वर्णपदक विजेता

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij