Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

Logo

Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता माघ पहिलो साताबाट सुरु हुदै

प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता माघ पहिलो साताबाट सुरु हुदै

  • पौष २६, २०७७ आइतवार
  • ००:२२:५६ बजे
  • 409
    SHARES
  • प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता माघ पहिलो साताबाट सुरु हुदै

    प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी माघ पहिलो सातादेखि सञ्चालन हुने भएको छ। काठमाडौँमा माघ २ गते सुरु भइ उक्त प्रतियोगिता माघ १७ गते सम्पन्न हुने छ।

    नेपाल क्रिकेट सङ्घ (क्यान)ले खेल तालिका सार्वजनिक गरेको छ ।

    उक्त प्रतियोगितामा सात प्रदेश तथा तीन विभागीय टोलीको सहभागिता रहने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए।

    सहभागी हुने १० वटै टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।

    समूह ए मा त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, गण्डकी प्रदेश, प्रदेश नं १ र कर्णाली प्रदेश तथा समूह बी मा नेपाल पुलिस क्लब, बाग्मती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश नं २ र सुदूरपश्चिम प्रदेश छन् | 

    उद्घाटन खेल त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच हुने छ। उक्त खेल कीर्तिपूरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा हुनेछ।

    दुवै समूहको शीर्ष दुई स्थान बनाउने टोलीले सेमिफाइनलको यात्रा तय गर्नेछन्।

    फाइनल खेल माघ १७ गते त्रिवि खेल मैदानमा हुनेछ।

    राष्ट्रिय खेलकूद परिषद् (राखेप)को आर्थिक सहयोगमा क्यानले प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको हो।

    यसअघि प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता दाङको लमहीमा सम्पन्न भइसकेको छ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij