Friday, Oct 30 2026 शुक्रवार, कार्तिक १४ गते २०८३

Logo

Friday, Oct 30 2026 शुक्रवार, कार्तिक १४ गते २०८३

कांग्रेस सहमहामन्त्री डा.महत यसकारण महामन्त्रीका बलिया उम्मेदवार

कांग्रेस सहमहामन्त्री डा.महत यसकारण महामन्त्रीका बलिया उम्मेदवार

  • आषाढ २६, २०७८ शनिवार
  • ०१:००:४४ बजे
  • 1.8K
    SHARES
  • कांग्रेस सहमहामन्त्री डा.महत यसकारण महामन्त्रीका बलिया उम्मेदवार

    काठमाडौं : नेपाली कांग्रेसको महाधिवेशन नजिकिए सँगै नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पुर्व मन्त्री डाक्टर प्रकाश शरण महतले महामन्त्रीमा आफ्नो उम्मेदवारी हुने खुलासा गरेका छन। उनले उक्त खुलासा केहिदिन अघि मात्रै गरेका हुन।

    पार्टीको सहमहामन्त्री भएर काम गरेको अनुभव भएका डाक्टर महतले पटकपटक सरकारमा गएर विभिन्न मन्त्रालयको जिम्मेवारी सफलता पुर्वक सम्पन्न गरेको इतिहास पनि छ।

    नेपालमा कोरोना भाइसको संक्रमन फैलिएपछि पार्टीले डाक्टर महतको नेतृत्वमा कोरोना अनुगमन समिति पनि गठन गरेको थियो। डाक्टर महतले उक्त समितिको संयोजक भएपछि आफु संक्रमित हौंला कि भन्ने कुनै प्रवाह नगरेर देशभरका आइसुलेसन तथा क्वारेन्टाइन केन्द्रहरुमा बसेका संक्रमितहरुले कस्तो खाईरहेका छन? स्वास्थ्य अवस्थाको चेकजाँचका लागी कस्तो प्रवन्ध मिलाइएको छ? भनेर अनुगमन गर्दै देशभर पुगेका थिए।

    नेपाली कांग्रेसका कार्यकर्ताहरु माझ पनि राम्रै प्रभाव बनाएका डाक्टर महतले यसपटकको महाधिवेशन मार्फत आफु महामन्त्री भए पार्टीलाई अनुशासित र शसक्त बनाउन लाग्ने बताएका छन।नेपाली काँग्रेसमा लगाब, योगदान, भूमिका, अध्ययन, अनुभब र क्षमताको आधारमा हेर्ने हो भने सहमहामन्त्री डा.महत पार्टी सभापतिको नेतृत्वलिनका लागि समेत काबिल ब्यक्तित्व हुन भन्ने कुरामा देशभरका आम पार्टी कार्यकर्ताहरुको एकमत रहेको पाइन्छ । यद्यपि पार्टी भित्र उनी भन्दा वरिष्ठ ब्यक्तित्वहरु भइरहेको अवस्थाका कारणले सहमहामन्त्री डाक्टर महत नेपाली काँग्रेसको महामन्त्री पदका लागि उम्मेदवार बन्न राजी भएका छन् ।

    नेपाली कांग्रेस पार्टीको सह–महामन्त्रीको भूमिका निर्वाह गरिरहेकाले पनि महामन्त्री पदमा उम्मेदवारी दिनुलाई स्वाभाविक दावी हो भन्ने मान्यता आम काँग्रेसका कार्यकर्ता जनहरुमा व्याकप रुपमा रहेको पाइन्छ। यसैका आधारमा भन्नुपर्दा सालिन, भद्र र बौद्धिक व्यक्तित्वका धनी डा.महतको नेपाली काँग्रेसको १४औं महाधिबेशनमा महामन्त्री पदम बाजि मार्ने निश्चित जस्तै देखिन्छ।

    नेपाली काँग्रेसको १४ औं महाधिबेशनमा बिभिन्न गुटउप–गुटबाट महामन्त्री पदको दौडमा दर्जनौ आकांक्षीहरु रहेका भए पनि डाक्टर महतले संस्थापन समुह अर्थात सभापति शेरबहादुर देउवाको समूहबाट उम्मेदवार बन्ने निश्चित भएकाले डाक्टर महतलेनै महामन्त्री पदमा बाजी मार्ने देखिन्छ। यिनै विभिन्न कारणले सहमहामन्त्री डाक्टर महत नेपाली काँग्रेस पार्टीको १४ औं महाधिवेशनको प्रभावशाली सशक्त उम्मेदवार मात्र नभएर,अन्य आकांक्षीहरुसंग तुलना नै हुन नसक्ने व्यक्तित्व समेत हुन्।

  • सम्बन्धित विषय:

  • # डा.रामशरण महत

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij