कोपा अमेरिका २०२१ अन्तर्गत समूह बी मा रहेको अर्जेंटीना र चिली भोलि बिहान २:४५ बजे आमुन्ने सामुन्ने हुदै छन्। यि दुई चिर-परिचित प्रतिद्वन्द्वी हुन्।सन् २०१३ र २०१५ मा लगातार चिलीले अर्जेंटीनालाई कोपा अमेरिकाको फाईनलमा पेनाल्टी सुटआउटमा हराएको थियो। त्यस्तै सन् २०१९ को कोपा अमेरिका मा भने अर्जेंटीना सेमिफ़ाइनलमा ब्राजिल सङ्ग २:० ले पराजित भएको थियो।
मेसिको कप्तानिमा रहेको अर्जेंटीना तुलनात्मक रुपमा चिली भन्दा बलियो छ र पनि पटकपटक अर्जेंटीनालाई चिलीले हराऊने गरेको छ।चिलीको सबै भाग मध्यम तथा एकनासको छ। तर अर्जेंटीना को अग्र भाग राम्रो अरु मध्यम लेवलको छ।
यि दुई बिचको पछिल्लो ५ भेटमा अर्जेन्टिनाले २ बराबरी र २ जित निकालेको छ भने १ खेल हारेको छ। अर्जेंटीना पछिल्लो ५ खेलमा अपराजित छ जहाँ ३ बराबरी खेलेको छ।कोपा अमेरिका २०१९ मा ब्राजिल सङ्ग हारेपछीका १३ खेलमा अर्जेंटीना अपराजित छ।चिलीले पछिल्ला ५ खेलमा २/२ जित र बराबरी १ हार बेहोरेको छ।
अर्जेंटीना सङ्ग मेसी,अगुईरो,मार्टिनेज़,डि मारीया जस्ता नाम चलेका खेलाडीको साथ छ। यस सवालमा चिली पछाडी छ।
कुनै समय भन्ने गरिन्थ्यो चिली सङ्ग अर्जेंटीनाले आफ्नो क्षमता अनुसार खेल्न सकेन, वा मात्र १०% खेल्यो ।तर पछिल्लो समय केही सुधारिएको होकी ?
यसरि हेर्दा केहिहद सम्म चिली भन्दा अर्जेंटीना नै बलियो देखिन्छ।मेसि अन्तर्राष्ट्रीय अपाधीको भोको भएकाले पनि जित्नै पर्ने अवस्था छ।यस समुहमा समुह बिजेता बन्न नसकेको अवस्थामा अर्जेंटीना लाई पछिल्ला खेलमा गाह्रो हुन सक्छ। लगभग अर्जेंटीना २:०&२:१ गोल अन्तरले बिजयी हुन सक्छ। अर्जेंटीना यस प्रतियोगिता को मुख्य दाबेदार हो।