Friday, Oct 30 2026 शुक्रवार, कार्तिक १४ गते २०८३
प्रिमियर लिगको पछिल्लो परीक्षणमा १८ जनालाई कोरोना पोजेटिभ देखिएको छ ।
डिसेम्बर २१ देखि २७ सम्म एक हजार ४७९ जनाको कोरोना परीक्षण गरिएको थियो । संक्रमित हुनेमा खेलाडी तथा स्टाफ रहेको प्रिमियर लिगले जनाएको छ ।
पोजेटिभ देखिएका खेलाडी र क्लब स्टाफ सबै जना १० दिनको लागि सेल्फ आइसोलेसनमा बस्ने प्रिमियर लिगले जनाएको छ ।
खेलाडीमा कोरोना पोजेटिभ देखिएकै कारण सोमबारका लागि तय भएको म्यानचेष्टर सिटी र एभरटनबीचको खेल अन्तिम समयमा आएर स्थगित भएको थियो ।
Copyright © 2026 All right reserved to Global Media and Research Center Site By: sobij