Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

Logo

Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

एकसाथ प्रधानमन्त्री ओलीमाथि खनिए प्रचण्ड र देउवा, प्रधानमन्त्रीमाथि यतिठुलो आरोप ! (भिडियो)

एकसाथ प्रधानमन्त्री ओलीमाथि खनिए प्रचण्ड र देउवा, प्रधानमन्त्रीमाथि यतिठुलो आरोप ! (भिडियो)

  • बैशाख २७, २०७८ सोमवार
  • १७:२५:३८ बजे
  • 648
    SHARES
  • एकसाथ प्रधानमन्त्री ओलीमाथि खनिए प्रचण्ड र देउवा, प्रधानमन्त्रीमाथि यतिठुलो आरोप ! (भिडियो)

    भिडियो तलको समाचारको अन्त्यमा राखीएको छ, पुरा हेर्नुहोस ।

    काठमाडौं । काठमाडौंमा वैशाख २९ गतेसम्म जारी निषेधाज्ञा थप दुई साता लम्बिन सक्ने सम्भावना बढेर गएको छ । कोरोना संक्रमणको अवस्था नियन्त्रणमा आइ नसकेकाले निषेधाज्ञा लम्बिन सक्ने सम्भावना बढेको हो । यसका लागि स्वास्थ्य मन्त्रालयसँग समन्वय गरिने जनाइएको छ ।

    काठमाडौं उपत्यकाका एक प्रमुख जिल्ला अधिकारीले भने, “अहिले सबै कुरा नियन्त्रणमा आइसकेको छैन । थप डेढ÷दुई साता निषेधाज्ञालाई अझ व्यवस्थित बनाउनुपर्ने देखिन्छ । त्यसैले २९ गते नै निषेधाज्ञा हट्ने सम्भावना कम छ । अझै तीन दिन संक्रमणको दर हेरौँ ।” संक्रमण र मृत्युको दर बढ्दै गएकाले अस्पतालले थेग्न सक्दैन कि भन्ने चिन्ता समेत बढेर गएको ती अधिकारीको भनाइ छ ।

    शनिबार (हिजो) भने पछिल्ला दुई दिनयताको भन्दा संक्रमितको संख्या कम आएको थियो । तर, एकैदिनको दरले सबै कुरा निर्धारण गर्न नसकिने विज्ञहरुले बताउँदै आएका छन् । पहिलो चरणको निषेधाज्ञा २२ गते राति १२ बजे सकिएको थियो भने दोस्रो चरणको निषेधाज्ञा २९ गते राति सकिँदै छ । यस्तोमा सुरुमा १४ दिन नथपेर सात दिन थप्ने सम्भावना बढी छ ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली निषेधाज्ञा गरेकै कारण भयावह अवस्था नआएको बताउँछन् ।

    उनले भने, “निषेधाज्ञा नगरेको भए भयावह अवस्था आउँथ्यो । अहिले पनि अवस्था राम्रो छैन । तर, केही हदसम्म नियन्त्रणमा छ । ‘चेन ब्रेक’ भए÷नभएको हेर्न अझै केही समय लाग्छ ।”पराजुलीले काठमाडौंमा निषेधाज्ञाको पालना नगर्नेहरुमाथि आर्थिक जरिवाना सुरु गरिएको बताए । यता, सुरक्षा निकायले समेत उपत्यकामा अझै दुई साता निषेधाज्ञा जारी राख्नुपर्ने बताउँदै आएका छन् । निषेधाज्ञाका कारण मानिसको गतिविधि घटेकाले अझै दुई साता निषेधाज्ञा लम्ब्याए अवस्था केही सहज हुने उनीहरुको बुझाइ छ ।

    अहिले पसल बिहान ९ बजेसम्म मात्रै खोल्न दिइएको छ । बेलुका पूर्ण रुपमा बन्द छन् । नागरिकलाई अत्यावश्यक कामबाहेक बाहिर निस्कनेलाई कडाइ गरिएको छ ।बाह्रखरी

    भिडियो हेर्नुहोस् :

    काठमाडौं : वरिष्ठ संचार कर्मी रवी लामीछानेद्वारा भोलि बाट सेवा शुरु हुने गरि काठमाडौ,बालाजुमा अवस्थित जनमैत्री अस्पतालसँग सहकार्य गरेको भनि जानकारी गराउनुभएको छ । जहाँ निम्न आए भएका विरामीले निशुल्क सेवा पाउने बताउनुभएको छ ।

    आफ्नो फेसबुक पेज मार्फत उहाँले जानकारी गराउनुभएको हो।

    उहाँले लेख्नुभएको छ :

    भोलि बाट सेवा शुरु हुने गरि काठमाडौ,बालाजुमा अवस्थित जनमैत्री अस्पतालसँग हामीले सहकार्य गरेका छौ। उपचार खर्च तिर्न नसक्ने कोभिडका बिरामीको सम्पुर्ण खर्चको जिम्मेवारी अब हाम्रो हुनेछ र जनमैत्री अस्पतालले सरकारले तोके भन्दापनि सस्तोमा उपचार गर्दैछ। सक्नेले तिर्नु होला नसक्नेले पर्दैन, हामी छौ।

    “कामका कुरा”कार्यक्रम मार्फत प्रति ब्यक्ती १९ रुपैयाँबाट हामी खर्चको जोहो गर्दैछौ। चन्दा होइन, म सँग ४५ मिनेट जति मोबाइलमा Quiz खेले पुग्छ (को बन्छ करोडपति जस्तै)।अस्पतालले भोलिबाट सेवा शुरु गर्दैछ। भोलि राति ८ बजे बाट म “कामका कुरा” कार्यक्रम मार्फत Quiz को परिक्षण शुरु गर्दैछु। यसकालागि DOKO App डाउन्लोड गरि रजिस्ट्रेशन गर्नु पर्नेछ।

    म लगायत कसैले पनि यसबाट पारिश्रमिक लिने छैनन्। बरु ३ महिनाको लागि मेरो ब्यक्तीगत गाडी र Galaxy 4k को १२ जना अट्ने भ्यान अस्पतालमा नै रहन्छ। सबै तयारी लगभग सकियो,अक्सिजन संकलनमा मद्दत चाहिएको छ। Risk लिएरै भएपनि यो नयाँ प्रयोग गर्दैछौ। बाकी यो भिडियोमा…

    थप भोलि राती ८ बजे। वरिष्ठ संचार कर्मी रवी लामीछानेद्वारा खोलिएको कर्णाली प्रदेशको कालीकोटमा स्थापना गरिएको रास्कोट अस्पतालमा कार्यरत स्वास्थ्य कर्मीलाई प्रोत्साहन भत्ता स्वरुप ५०% भत्ता दिने निर्णय भएको छ। हिजो आफ्नो फेसबुक पेज मार्फत उहाँले जानकारी गराउनुभएको हो।

    उहाँले लेख्नुभएको छ,” ठिक समयमा अस्पताल शुरु गरेका कारण दुर्गम कालीकोटमा यो बिपत्तिमा सेवा प्रदान गर्न सकिएको छ। स्वास्थ्यकर्मीलाई ५० प्रतिशत भत्ता दिन्छौँ , जनशक्ति अभाव हुन दिन्नौँ भन्ने सरकारले रास्कोट अस्पतालका स्वास्थ्यकर्मीहरुलाई यो सुबिधा दिने/नदिने केही जानकारी दिएको छैन।तर सरकारले नदिएपनि हामी जसरी पनि ५० प्रतिशत भत्ताको जोहो गर्नेछौ। यसैपनि हाम्रो टिमले भत्ताको लोभमा सेवा गरेको छैन, गर्दैन।रास्कोट अस्पतालका स्वास्थकर्मीहरु प्रति सलाम।”

    यदि तपाईं बाटोमै कहिँ अ’ल’प’त्र परेर बाध्य हुनुभएको छ,अस्पतालमा बेड पाउनुभएको छैन,एम्बुलेन्स नपाएर ह’स्पिटल पुग्न स’किरहनुभएको छैन भने अब तपाईंहरूलाई रबी लामिछाने र उहाँको टीम Galaxy 4K मार्फत सहयोग प्राप्त गर्न सक्नुहुनेछ।बि’रा’मी बि’रा’मी नै हो कसैको पद बि’रा’मी होइन मान्छे बि’रा’मी हो।यदि बि’रा’मी’लाई बि’रा’मीको अगाडि कोही मान्छेको पदलाई हेरेर सेवा दिइन्छ भने त्यो अस्पताल अब अस्पताल रहँदैन।

    सहयोगका लागि एन टी सी का ग्राहकहरूले ९८५१३२२१११ नम्बर कल गर्न सकिनेछ भने एन सेलका ग्राहकहरूले ९८०१०३८१८१ मा कल गरेर सम्पर्क गर्न सकिन्छ।

    यो पनि पढ्नुहोस् :

    काठमाडाैं : हाल केही दिन यता नेपाल वायु प्रदूषणको चपेटामा परिरहेको छ। नेपाल सरकारले केही दिन अगाडि बालबालिकाको स्वास्थ्यलाई मध्ये नजर गरेर बिद्यालयहरु समेत बन्द गरेको थियो। तर दुर्भाग्यवश, यही बेला नेपालमा कोरोना संक्रमितको संख्या पनि बढ्दो क्रममा छ। हाल सरकारले डढेलोलाई वायु प्रदू षण हुनुको प्रमुख कारक मानेको छ। वायु प्रदूषण र कोरोना संक्रमण दुवैको शुरुवाती स्वास्थ्य समस्याहरु लगभग मिल्दो जुल्दो हुने हुँदा मानिसहरु प्रदूषणले कि कोरोना भाइरसले होला भनेर अलमलमा पर्ने गरेको पाइन्छ।

    अनाश्यक रुपमा अस्पताल जाँदा कोरोनाको जोखिम त छदैछ। अमेरिकी सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) का अनुसार यी निम्न लक्षणहरुको आधारमा कोरोना संक्रमण हो/होइन भनेर अनुमान गर्न सकिनेछ। यी निम्न लक्षणहरु वायु प्रदुषणले (डढेलो) नभई कोरोना संक्रमणको कारणले हुन् सक्नेछ। १) ज्वरो आउनु, २) जाडो महसुस हुनु, ३) मंशपेशिका वा जिउ दुख्नु, ४) वाकवाक लाग्नु वा बान्ता हुनु, ५) पखाला लाग्नु, ६) स्वाद हराउनु, ७) गन्ध थाहा पाउने क्षमतामा ह्रास आउनु।

    तर यी निम्न लक्षणहरु भने दुवै वायु प्रदुषण (डढेलो) र कोरोना संक्रमणमा देखिन सक्नेछ। १) खोकी (सुख्खा) लाग्नु, २) घाँटी दुख्नु वा खस खसाउनु, २) सास फेर्न अफ्ठ्यारो हुनु, ३) टाउको दुख्नु, ४) थकित हुनु। वायु प्रदुषण (डढेलो) तथा कोरोना संक्रमण दुवै हुँदा देखिने समान लक्षणहरु भए थप जानकारीहरु लिँदा छुट्याउन सहज हुनेछ।

    जस्तै, हालै कोरोना भाइरस फैलिरहेको ठाउँको भ्रमण इतिहास भए/नभएको, कोरोना संक्रमितसंग भेटघाट भए/नभएको वा संगै बस्दै आएको/नआएको, काम गर्ने स्थानमा कसैलाई संक्रमण पुष्टि भए/नभएको, कुनै सभा/सम्मेलन/पार्टी/उत्सव/समारोहमा सामेल भए/नभएको जस्ता प्रश्नहरु कोरोना संक्रमण हो/होइन भनेर छुट्याउन महत्वपूर्ण हुनेछ। त्यसपछि भने प्रयोगशाला परीक्षणको लागि पठाउन सकिने छ। प्रयोगशाला परीक्षणबाट मात्र कोरोना भाइरसको निदान गर्न सकिनेछ।

    याे पनि पढ्नुस् ।

    कोरोना भाइरस (कोभिड–१९) को प्रमूख लक्षण उच्च ज्वरो, खोकी तथा सास फेर्न गाह्रो हुनु हो। यसका लक्षण शरीरमा भाइरस प्रवेश गरेको २ देखि १४ दिनमा देखा पर्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ। यहाँ कोरोनाका १० लक्षण र ती लक्षण देखा परे अन्यमा सर्न नदिन के गर्नुपर्छ भन्ने बारे चर्चा गरिएको छ। सास फेर्न गाह्रो हुने : सास फेर्न गाह्रो हुने सामान्यतः कोरोना भाइरसको सुरुवाती लक्षण होइन। तर यो सबभन्दा गम्भीर लक्षण हो। विज्ञका अनुसार यो खोकी बिना पनि हुन्छ। यदि तपाईँलाई छाती कसिएको जस्तो महसुस भएर लामो सास फेर्न सक्नु भएको छैन भने तुरुन्त विज्ञ डाक्टरसँग सम्पर्क गर्ने र परामर्श लिनुपर्ने हुन्छ।

    उच्च ज्वरो : उच्च ज्वरो कोरोना भाइरसको खास लक्षण हो। तर शरीरको सामान्य ताप व्यक्तिपिच्छे फरक हुने गर्छ। जसले मानिसमा केही भ्रम समेत पैदा भएको छ। विज्ञहरूले ३७ डिग्री सेल्सियस अर्थात् ९८.६ फरेनहाइटलाई औसत शरीरको ताप भनेका छन्। तर कतिपयको सामान्य ताप सोभन्दा कम हुने गरेको छ। त्यसैले १०० डिग्री भन्दा माथि मात्र असमान्य भनिए पनि सोभन्दा कम ज्वरो पनि कतिपयलाई खतरा हुने बताइएको छ। औसत मानिसले १०० डिग्रीभन्दा माथि ज्वरो भएपछि मात्र शरीरको ताप बढेको महसुस गर्ने गरेको विज्ञहरूले बताएका छन्।

    सुक्खा खोकी : खोकी सामान्य रुघामा पनि लाग्ने गर्छ। तर कोरोना भाइरस संक्रमण भएका व्यक्तिमा सुक्खा खोकी लाग्ने गरेको छ। यो सामान्य खोकी भन्दा अप्ठ्यारो महसुस गराउने फरक खोकी हो। अध्ययनका अनुसार यो खोकी घाटी सफा गर्नलाई भएको खोकी जस्तो होइन। अन्य खोकी लाग्दा व्यक्तिले खकार्ने गर्छ। घाँटी सफा गर्छ। तर यसमा त्यस्तो हुँदैन।संक्रमित बिरामीहरूको भनाइअनुसार यसमा भित्री छातीमा खोकी हुन्छ। तर सुक्खा खोकी हुने भएकाले निकै पीडादायी हुन्छ।

    दृष्टि भ्रम हुने तथा शरीर दुख्ने : कोरोना संक्रमण हुँदा दृष्टिभ्रम हुने तथा शरीर दुख्ने गरेको पाइएको छ। कोरोना संक्रमित सीएनएनका पत्रकार क्रिस क्यूओमोले यस्तो महसुस गरेको बताएका छन्। उनले राती कोही आएर आफूलाई कुटिरहेको जस्तो लागेको र पछि शरीर दुख्न थालेको बताएका छन्। उनले कहिल्यै नदेखेका कलेजका मान्छे तथा आफ्ना बाबुसँग कुरा गरिरहेको भ्रम भएको पनि बताएका छन्। ‘म भ्रमित भइरहेको थिएँ’, उनले भनेका छन्, ‘मसँग मेरो बुवा कुरा गर्दै हुनुहुन्थ्यो। मैले कलेजमा कहिल्यै नदेखेका मान्छेहरू देखिरहेको थिएँ।’

    अचानाक अलमल र भ्रम : कोरोनाको लक्षणमध्ये अचनाक अलमल वा भ्रम हुनु पनि एक जटिल लक्षण हो। अमेरिकाको रोग नियन्त्रण तथा निवारण केन्द्रका अनुसार यस्तो लक्षण देखा परे तुरुन्त सघन कक्षमा उपचार गर्नुपर्ने हुन सक्छ। त्यसैले ओठ निलो हुँदै गयो तथा सास फेर्न गाह्रो समेत हुँदै गयो र बिरामी अचनाक अलमल हुन थाल्यो भने तुरुन्त स्वास्थ्य विशेषज्ञको सल्लाहमा अस्पताल भर्ना गर्नुपर्छ।

    पाचनमा समस्या : सामान्यतः श्वासप्रश्वासको रोगमा पेट सम्बन्ध समस्या हुने कुरामा ध्यान जाँदैन। तर कतिपय कोभिड–१९ संक्रमितहरूमा पाचन समस्या पनि देखिएको छ। सीएनएनका प्रमूख संवाददाता डा. सञ्जय गुप्ताका अनुसार केही संक्रमितमा पखाला र ग्यास्ट्रिकको समस्या समेत देखिएको छ।

    गुलाबी आँखा : चीन, दक्षिण कोरिया तथा विश्का अन्य क्षेत्रका संक्रमितमा गरिएको अध्ययन अनुसार करिब १ देखि ३ प्रतिशतमा गुलाबी आँखा हुने लक्षण देखिएको छ। यो पातलो झिल्लीको रूपमा हुन्छ। यसले आँखाको सेता भागलाई ढाक्ने गर्छ। गन्ध र स्वाद थाहा नपाउने गन्ध र स्वाद थाहा नपाउनु पनि कोरोना भाइरसको एक लक्षणको रूपमा पछिल्लो समय पत्ता लागेको छ। डा. गुप्ताका अनुसार यस्ता लक्षण भएका बिरामीको संख्या बढिरहेको छ। तर यो लक्षण भाइरस संक्रमणको सुरुवातमा भने देखिएको छैन।

    थकान महसुस हुने : कतिपय संक्रमितमा सुरुवातमै चरम थकान भएको देखिएको छ। डब्लूएचले ६ हजार संक्रमितमा गरेको अध्ययन अनुसार करिब ४० प्रतिशतमा यस्तो लक्षण देखा परेको छ।

    टाउको दुख्ने तथा घाँटी दुख्ने : डब्लूएचओले चीनका ६ हजार संक्रमितमा गरेको अध्ययन अनुसार १४ प्रतिशतमा यस्तो लक्षण देखा परेको छ। यी लक्षण अन्य फ्लूको जस्तै भएको विज्ञले बताएका छन्।

    विज्ञका अनुसार कोरोना संक्रमण हुँदा सामान्यतः चिसो वा रुघा लागेजस्तो हुने त्यसपछि ज्वरो र खोकी समेत लाग्ने गरेको छ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij