Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

Logo

Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

बाबुराम भट्टराईको पेटमा रहेको ट्युमरको सफल शल्यक्रिया

बाबुराम भट्टराईको पेटमा रहेको ट्युमरको सफल शल्यक्रिया

  • बैशाख १७, २०७८ शुक्रवार
  • १५:२२:१० बजे
  • 175
    SHARES
  • बाबुराम भट्टराईको पेटमा रहेको ट्युमरको सफल शल्यक्रिया

    पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईको सफल शल्यक्रिया सम्पन्न भएको छ।

    भट्टराईको पेटमा रहेको न्युरो-इन्डोक्राइनको ट्युमरको शल्यक्रिया गरिएको हो।

    उनकी पत्नी हिसिला यामीले ट्वीटरमार्फत् सफल शल्यक्रिया भएको बताएकी छन्। साथै उनले उपचारमा संलग्न चिकित्सकलाई धन्यवादसमेत दिएकी छन्।

    काठमाडौंस्थित वीर अस्पतालमा डाक्टर सुवोध अधिकारी नेतृत्वको चिकित्सक टोलीले भट्टराईको शल्यक्रिया गरेको हो। भट्टराई बिहीबार नै वीर अस्पताल भर्ना भएका थिए।

    यसअघि ट्युमरमा क्यान्सरको शंका भएपछि भट्टराई परीक्षणका लागि भारतको दिल्ली पुगेका थिए।


    त्यहाँ परीक्षण गर्दा ट्युमरमा क्यान्सर नभएको प्रमाणित भएको थियो। शल्यक्रियाबाट ट्युमर भने चाँडै फाल्नुपर्ने डाक्टरहरूको सुझाव थियो।

     

  • सम्बन्धित विषय:

  • # डा.बाबुराम भट्टराई

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij