Sunday, Nov 01 2026 आइतवार, कार्तिक १६ गते २०८३

Logo

Sunday, Nov 01 2026 आइतवार, कार्तिक १६ गते २०८३

लोकप्रिय गायक खेम सेन्चुरी र सम्झना भण्डारीको आवाजमा 'कालि पारेको' सार्वजनिक (भिडियोसहित)

लोकप्रिय गायक खेम सेन्चुरी र सम्झना भण्डारीको आवाजमा 'कालि पारेको' सार्वजनिक (भिडियोसहित)

  • बैशाख ३, २०७८ शुक्रवार
  • १५:०८:२४ बजे
  • 917
    SHARES
  • लोकप्रिय गायक खेम सेन्चुरी र सम्झना भण्डारीको आवाजमा 'कालि पारेको' सार्वजनिक (भिडियोसहित)

    पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

    लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

    नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा लोकप्रिय गायक खेम सेन्चुरी र सम्झना भण्डारीको आवाजमा रहेको 'कालि पारेको' गितको अफिसियल म्युजिक भिडियो भखरै सार्वजनिक भएको छ ।  

    गितमा लोकप्रिय चर्चित खेम सेन्चुरी र गायिका सम्झना भण्डारीको निकै सुमधुर आवाज सजिएको छ । गितकार एवम् नेत्र अर्यालको उत्कृष्ट लय शब्द सृर्जना रहेको गितमा कृष्ण विक 'भान्जा'को संगित संयोजन रहेको छ । माया प्रेमका रमाईला कुराहरु गितमा निकै उत्कृष्ट शैलिमा दर्शाईएको छ  ।

    गितको म्युजिक भिडियो पनि निकै उत्कृष्ट वनेको छ , चर्चित निर्देशक एवम् कोरियोग्राफर सुनिल क्षेत्रीको निर्देशनमा तयार पारिएको गितको म्युजिक भिडियोमा निकै चर्चित कलाकारहरु खेम सेन्चुरी र सम्झना भण्डारीकै अभिनय एवम् डान्सिंग फिचर रहेको छ ।

    समस्तमा गितको म्युजिक भिडियो निकै उत्कृष्ट वनेको  छ, गितको म्युजिक भिडियोमा राजेश घिमिरेको छांयकन तथा मनोज कार्किको सम्पादन रहेको छ ।

    उक्त गितको म्युजिक भिडियो Samjhana Bhandari को अफिसियल युटुव च्यानलबाट बजारमा पठाईएको छ , गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक  भिडियो :

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij