Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

Logo

Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

लोकप्रिय गायक खेम सेन्चुरी र सुनिता बुढा क्षेत्रीको आवाजमा रहेको 'माईली' गितलाई युटुवले दियो उत्कृष्ट स्थान (भिडियो)

लोकप्रिय गायक खेम सेन्चुरी र सुनिता बुढा क्षेत्रीको आवाजमा रहेको 'माईली' गितलाई युटुवले दियो उत्कृष्ट स्थान (भिडियो)

  • चैत्र १३, २०७७ शुक्रवार
  • १६:४९:४८ बजे
  • 785
    SHARES
  • लोकप्रिय गायक खेम सेन्चुरी र सुनिता बुढा क्षेत्रीको आवाजमा रहेको 'माईली' गितलाई युटुवले दियो उत्कृष्ट स्थान (भिडियो)

    पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

    लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

    नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा खेम सेन्चुरी र सुनिता बुढा क्षेत्रिको आवाजमा शम्भु कुवरको 'माईली' सार्वजनिक भएको छ | पछिल्लो समयका लोकप्रिय गायक खेम सेन्चुरी र गायिका सुनिता बुढा क्षेत्रीको आवाजमा रहेको गीतमा नेत्र आर्यालको शब्द, खेम सेन्चुरीको संगीत, बिनोद बाजुरालीको एरेन्ज र खड्क बाजुरालीको मिक्सिंग / मास्टरिङ्ग रहेको छ।

    सुनिल क्षेत्रिको निर्देशन रहेको ‘माईली’ गीतको भिडियो युटुब मार्फत सार्वजनिक गरिएको छ। नीता ढुंगाना, बिपेश घिमिरे र सुरबीर पण्डितको अभिनय रहेको भिडियोलाई दुर्गा पौडेलले खिचेका हुन्। गीतको भिडियो धेरै राम्रो बनेको छ। बिकाश ज्ञवालीले भिडियोको सम्पादन गरेका हुन्। गितले सवैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित गितको पुरा म्युजिक भिडियो हेर्नुहोला :

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij