Friday, Oct 30 2026 शुक्रवार, कार्तिक १४ गते २०८३

Logo

Friday, Oct 30 2026 शुक्रवार, कार्तिक १४ गते २०८३

गायिका टिका सानुको अहिले सम्मकै रमाइलो लाइभ दोहोरी सार्बजनिक ( भिडियोसहित)

गायिका टिका सानुको अहिले सम्मकै रमाइलो लाइभ दोहोरी सार्बजनिक ( भिडियोसहित)

  • पौष ९, २०७७ बिहिवार
  • १४:०७:०८ बजे
  • 1.2K
    SHARES
  • गायिका टिका सानुको अहिले सम्मकै रमाइलो लाइभ दोहोरी सार्बजनिक ( भिडियोसहित)

    प्रत्यक्ष दोहोरी मार्फत आफ्नो अलग्गै पहिचान बनाउन सफल लोकदोहोरी गायिका हुन् – टीका सानु । आँखामा आँखा जुधाएर जस्तालाई त्यस्तै दोहोरी सबाल जवाफ गर्न सक्ने क्षमता नै उनको प्रशंसाको बलियो पक्ष बन्यो । सामाजिक संजालमा उनलाई रुचाउने समर्थकहरुको सङ्ख्या दिनानु दिन बढ्दो छ ।

    युट्युबमा उनका दर्जनौं प्रत्यक्ष दोहोरीहरु सुन्न र हेर्न पाइन्छ । औपचारिक रुपमा रेकर्ड भएका गीतहरुको सङ्ख्या पनि दर्जनौं पुगिसकेको छ । इन्द्रेणी कार्यक्रममा सहभागी भएर गरेका धेरै परोपकारी कार्यले उनलाई लोकप्रिय मात्र बनाएन कलाकारका साथै समाजसेवीको रुपमा समेत स्थापित गरिदियो ।

    उनको सरल जीवनशैली, दयालु मन, निस्वार्थी सोच र अरुको दुखमा आफु मर्माहत हुने जस्ता गुणहरुले नै उनी करौडौ दर्शक श्रोताको ढुकढुकी बन्न पुगेकी हुन् । इन्द्रेणी कार्यक्रम मार्फत उनले आफ्नो गला र कलाको साहाराले राहत सङ्कलन गरी कैयौं रोगी, बिरामी, असहाय अनि दैबी प्रकोपमा परेका ब्यक्तिहरुलाई पुनर्जीवन दिने काम गरेकी छिन् । जस्तो अप्ठ्यारो स्थितिमा पनि मुस्कुराइरहने उनको बानीलाई इस्वरीय देन नै मान्न सकिन्छ ।

    टिका सानुलाई केवल कलाकार मात्र भनेर सम्बोधन गरियो भने सायद अन्याय पनि हुन सक्छ । उनी कलाकारका साथै एक सच्चा समाजसेवी पनि हुन् ।

  • सम्बन्धित विषय:

  • # टिका सानु

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij