भोजपुरी सिनेमामा आफ्नो भाग्य चम्काइरहेका नेपाली निर्देशक रमेश बोगटी निर्देशीत फिल्म ‘अर्जुन २’ ओ टेलर रिलिज भएको छ। चलचित्रको ट्रेलर धमकेदार देखाइएको छ।
चलचित्र "अर्जुन २" मा राज दा (पियूष आर्य), मसूम सिंह, सचिन्द्र हेम्ब्रम र अनमोल जीको मुख्य अभिनय रहेको छ। फिल्मका निर्माता कुन्दन कुमार यादव हुन् भने लेखन तथा पटकथा ए.बी. मोहनले गरेका छन्। निर्देशन रमेश बोगटीले गरेका हुन्।
फिल्मको छायांकन हरि बीडीआर लामाले गरेका छन्। एक्सन निर्देशन श्री श्रेष्ठको रहेको छ भने सम्पादन बन्दे प्रसादले गरेका छन्। भिएफएक्स, साउन्ड डिजाइन, ब्याकग्राउन्ड स्कोर र पोस्ट–प्रोडक्सनमा अनुभवी प्राविधिक टोलीको सहभागिता रहेको छ।
निर्माण पक्षका अनुसार ‘अर्जुन २’ ले सन्थाली समुदायको कथा, संघर्ष र सांस्कृतिक पहिचानलाई पर्दामा जीवन्त रूपमा उतार्ने प्रयास गरेको छ।
भिडियो तलको लिन्कमा:
https://youtu.be/BKQuav5pwW8?si=He2eUGS00DjJv8bc