Friday, Oct 30 2026 शुक्रवार, कार्तिक १४ गते २०८३

Logo

Friday, Oct 30 2026 शुक्रवार, कार्तिक १४ गते २०८३

चन्द्र शर्मा र झरना पुन मगरको नयाँ गीत “जादु रैछ बोलीमा” सार्वजनिक

चन्द्र शर्मा र झरना पुन मगरको नयाँ गीत “जादु रैछ बोलीमा” सार्वजनिक

  • जेठ ३०, २०८० मंगलवार
  • २३:१७:३१ बजे
  • 449
    SHARES
  • चन्द्र शर्मा र झरना पुन मगरको नयाँ गीत “जादु रैछ बोलीमा” सार्वजनिक

    काठमाडौं । नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्
    ।

    सोही क्रममा गायिका झरना पुन मगरको नयाँ गीत “जादु रैछ बोलीमा” सार्वजनिक भएको छ । यस गीतमा चन्द्र शर्मा र झरना पुन मगरको स्वर रहेको छ भने रबिन लामिछानेको शब्द, खेम सेञ्चुरीको संगीत रहेको छ ।

    निरेन श्रेष्ठको निर्देशन रहेको गीतमा शम्भु शाहीको कोरियोग्राफी, दुर्गेश रानाको सम्पादन, राज कुमार मगरको रंग संयोजन रहेको छ । उक्त गीतको भिडियोमा निर आले मगर, झरना पुन मगर र चन्द्र शर्माको अभिनय रहेको छ ।

    यस गीतलाई झरना पुन मगरको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । सोही गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला ।

      यो पनि:

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij