Friday, Oct 30 2026 शुक्रवार, कार्तिक १४ गते २०८३

Logo

Friday, Oct 30 2026 शुक्रवार, कार्तिक १४ गते २०८३

भागिरथ चलाउने र गायिका सुनिता बुढा क्षेत्रीको तीज गीत ‘मायाले त होला’ दर्शकको रोजाईमा

भागिरथ चलाउने र गायिका सुनिता बुढा क्षेत्रीको तीज गीत ‘मायाले त होला’ दर्शकको रोजाईमा

  • श्रावण १३, २०८० शनिवार
  • १७:१२:२९ बजे
  • 141
    SHARES
  • भागिरथ चलाउने र गायिका सुनिता बुढा क्षेत्रीको   तीज गीत  ‘मायाले त होला’ दर्शकको रोजाईमा

    हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको शुभकामना सहित लोकप्रिय दोहोरी गायक भागिरथ चलाउनेको तिज गित 'मायाले त होला' डिजिटल बजारमा भखर्रै सार्वजनिक भएको छ ।  गायक भागिरथ चलाउने र गायिका सुनिता बुढा क्षेत्रीको स्वर रहेको तीज गीत ‘झमझम झम्काना’ गतवर्ष निकै हिट रह्यो । सोही हिट गीतका गायक/गायिकाको सहकार्य यसपटकको तीज गीतमा पनि भएको छ । 

     

    भागिरथले बिहीवार बिहान मात्रै २०८० सालको तीज कोसेली सार्वजनिक गरेका छन् । ‘मायाले त होला’ बोलको उक्त गीतमा भागिरथसँगै सुनिता बुढा क्षेत्रीको स्वर छ । गीतमा शब्द, संगीत भागिरथकै छ । एरेन्ज बिनोद बाजुरालीले गरेका छन् ।  मौसम हिमालीको कोरियोग्राफी एवं निर्देशनमा तयार भिडियोमा भागिरथ स्वयंम प्रस्तुत छन् । उनको जोडीका रुपमा ‘महापुरुष’ फ्रेम्ड अभिनेत्री अञ्जना बराईली प्रस्तुत छिन् । 

    सन्ध्या कंडेलको प्रस्तुति रहेको गीतको भिडियोलाई राजेश घिमिरेले छायाँकन, नवीन घर्ती मगरले सम्पादन गरेका हुन् । भिडियो भागिरथले आफ्नै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् । गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक  भिडियो :

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij