Friday, Oct 30 2026 शुक्रवार, कार्तिक १४ गते २०८३

Logo

Friday, Oct 30 2026 शुक्रवार, कार्तिक १४ गते २०८३

सचिन भट्टराईको तिज कोसेली 'सुनका चुराले' बजारमा

सचिन भट्टराईको तिज कोसेली 'सुनका चुराले' बजारमा

  • श्रावण १३, २०८० शनिवार
  • १६:५८:१२ बजे
  • 143
    SHARES
  • सचिन भट्टराईको तिज कोसेली 'सुनका चुराले' बजारमा

    हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको शुभकामना सहित लोकप्रिय दोहोरी गायक सचिव भट्टराईको तिज गित 'सुनका चुराले' डिजिटल बजारमा भखर्रै सार्वजनिक भएको छ । बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि भट्टराईले तिज कोसेलीलाई निरन्तरता दिएका छन् । गायक सचिन भट्टराई र गायिका गङ्गा लामिछानेको आवाजमा सजिएको गितमा गायिका लामिछानेको उत्कृष्ट शब्द सृर्जना एवम् गायक भट्टराईको लय रचना रहेको छ । गितमा एच वि एन् किस्मतको संगित संयोजन रहेको छ ।

    निकै मौलिक शब्दहरुमा सजिएको उक्त गितमा बुढाबुढीको मायाप्रेमको विषयबस्तु चित्रण गरिएको छ । गितको अडियो र भिडियो दुवै उत्कृष्ट वनेको छ । गीतको भाव अनुसार म्युजिक भिडियो पनि उत्तिकै मिठासपूर्ण ढंगले तयार पारिएको छ ।     

    मौसम हिमालीको उत्कृष्ट निर्देशन एवम् कोरियोग्राफिमा तयार पारिएको उक्त गितको म्युजिक भिडियोमा विजय पुन र संचिता बोलखेको अभिनय संगै डान्सिङ्ग फिचरिङ्ग रहेको छ ।  अत्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोलाई नवराज उप्रेतिले छांयाकन एवम् नविन धर्ति मगरले सम्पादन गरेका छन् । गित Sachin Bhattarai अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।   

    गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक  भिडियो :

    यो पनि:

  • सम्बन्धित विषय:

  • # सचिन भट्टराई

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij