Thursday, Oct 29 2026 बिहिवार, कार्तिक १३ गते २०८३

Logo

Thursday, Oct 29 2026 बिहिवार, कार्तिक १३ गते २०८३

गायक बिक्रम परियारको ‘अन्त नभने’ दर्शकको रोजाईमा (भिडियोसहित)

गायक बिक्रम परियारको ‘अन्त नभने’ दर्शकको रोजाईमा (भिडियोसहित)

  • आषाढ १०, २०८० आइतवार
  • ०९:३४:३१ बजे
  • 232
    SHARES
  • गायक बिक्रम परियारको ‘अन्त नभने’ दर्शकको रोजाईमा (भिडियोसहित)

    पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ ।लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । यसै बिच लोकप्रिय गायक बिक्रम परियारको ‘अन्त नभने’ गीत सार्वजनिक भएको छ । पछिल्लो समय युवा पुस्तामा निकै नै लोकप्रिय मानिएका सुमधुर आवजका धनी गायक बिक्रम परियार र मिठो आवाजकी धनी गायिका गरिमा कार्कीको आवाजमा सजिएको ‘अन्त नभने’ गीत सार्वजनिक भएको हो ।

    सार्वजनिक भए लगतै उक्त गीतले अहिले बजारमा खुबै चर्चा कमाउदै आएको छ। लोकप्रिय सर्जक नेत्र अर्यालको शब्दमा बनेको गीतमा संगीत नन्दु परियारको रहेको छ ।उक्त गीत बिक्रम परियार युटुब च्यानलबाट बजारमा आएको छ। गीतको भिडियोलाई काजीश श्रेष्ठले निर्देशन गरेका हुन् ।

    गीतको भिडियोमा चर्चित एंवम लोकप्रिय मोडल सागर लम्साल बले र गीता ढुङ्गनाको अभिनय रहेको छ ।

    गायक बिक्रम परियार यस्तो गायक हुन जसले छोटो समयमै लोक दोहोरी गीतको क्षेत्रमा फड्को मारेका छन् । गायक परियारले यस अघि बजारमा ल्याएका गीतहरु,चौतारीको वर,पाखे नभन,आधा माया,बाचेको छु धन्न लगायत गीतहरुले राम्रो चर्चा कमाएको थियो।

    यो पनि:

  • सम्बन्धित विषय:

  • # बिक्रम परियार

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij