लोकगायिका माया गुरुङलाई धादिङमा आयोजित राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको ८ औं केन्द्रीय महाधिवेशनमा सम्मान गरिएको छ ।
प्रतिष्ठानको जापान शाखाले केन्द्रीय महाधिवेशनको अवसरमा लोकगायिका गुरुङलाई नगद २५ हजार रुपैयाँसहित अग्रज स्रष्टा सम्मान गरेको हो । वि.सं. २०३० सालदेखि लोक गीतसंगीत प्रति अनावरत रुपमा लागि पर्दै नेपाली लोक गीतसंगीतको क्षेत्रमा क्रियाशील रहँदै लोक संस्कृति, लोक पहिचान, लोकगीत र यस क्षेत्रको संरक्षण, संवद्र्धन र प्रवद्र्धनको लागि पु¥याएको योगदानको उच्च कदर गर्दै ८ औं केन्द्रीय महाधिवेशनको अवसरमा उहाँलाई २५ हजार रुपैयाँसहित अग्रज स्रष्टा सम्मानबाट सम्मान गरिएको हो । सम्मानपत्रमा अध्यक्ष महेन्द्र न्यौपाने र सचिव समुद्रराज पौडेलको हस्ताक्षर रहेको छ ।
लोकगायिका माया गुरुङले गाउनुभएको ‘गाउँसहरमा लमजुङ दरबार, मायालाई दिने थिएँ फूलजस्तो जोवन, भैसक्यो मेरो घरबार’ बोलको गीत एकताका निकै चर्चित थियो । लोककला क्षेत्रमा तीनदशक भन्दा बढी समयदेखि विभिन्न समस्यासँग जुध्दै लोकसंस्कृतिको संरक्षण र संवद्र्धनमा लागेको भन्दै उहाँलाई सम्मान गरिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लमजुङ शाखाका अध्यक्ष अनुज अधिकारीले बताउनुभयो ।
२०४५ साल फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा रेडियो नेपालले आयोजना गरेको लोकगीत प्रतियोगितामा यही गीत गाएर प्रथम हुनुभएका उहाँले ‘सैलुङ्गे डाँडा नाल्माको..., माया सरर..., खुर्पेटो डोकोले....’ लगायत एकल र युगल तथा सामूहिक गरी करिब २ सय गीत गाउनुभएको छ । उहाँले ११ वटा गीति एल्बम समेत निकालिसक्नुभएको छ ।