Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

Logo

Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

बद्री पंगेनी र रचना रिमालको स्वरमा लाखौं नेपालीको पिडा समेटिएको गीत सार्वजनिक ( हेर्नुहोस् )

बद्री पंगेनी र रचना रिमालको स्वरमा लाखौं नेपालीको पिडा समेटिएको गीत सार्वजनिक ( हेर्नुहोस् )

  • फाल्गुण १७, २०७९ बुधवार
  • २३:३३:५३ बजे
  • 779
    SHARES
  • बद्री पंगेनी र रचना रिमालको स्वरमा लाखौं नेपालीको पिडा समेटिएको गीत सार्वजनिक ( हेर्नुहोस् )

    बद्री पंगेनी र रचना रिमालको स्वरमा लाखौं नेपालीको पिडा समेटिएको गीत सार्वजनिक ( हेर्नुहोस् ) 

    काठमाडौं ।

    गायक बद्री पंगेनीले फरक स्वादमा तर आम मान्छेको समस्यालाई सन्देशमूलक विषय बनाएर नयाँ गीत ल्याएका छन् ‘पैसा सापटी’ । करीव १७ मिनेट लामो म्युजिक भिडिओको शुरुमा पैसा सापटी लिनुभन्दा अघि र लिएपछि मान्छेको वास्तविक चरित्र कस्तो हुन्छ भनेर राम्रोसँग चित्रण गरिएको छ ।

    सयौं मर्मस्पर्शी र कालजयी लोकगीत गाएका कलाकार पंगेनीले आफ्नै शब्द रचना र संगीतमा ल्याएको यो फरक प्रस्तुतिमा अहिलेकी अर्की चर्चित गायिका रचना रिमालले साथ दिएकी छन् । 

    पैसा सापटी दिएर उल्टै झमेलामा परेका लाखौं मान्छेको समस्यालाई गीति कथाको शैलीमा बद्रीले सरल ढंगले प्रस्तुत गरेका छन् । बुधवार अपरान्ह रिलिज भएको म्युजिक भिडिओ आधा घण्टामा तीन हजारभन्दा बढीले हेरिसकेका थिए । 

    पैसा लिने बेलामा अनेक वहाना,समस्या र पीडा दर्शाउँने व्यक्तिहरुले पैसा हात परेपछि उल्टै कसरी दुःख दिन्छन् भन्ने व्यवहारिक कुरालाई गीतमा उतारिएको छ । 

    पैसा सापटी दिनेहरु उल्टै प्रहरी फन्दामा परेका घटनालाई पनि यो म्युजिक भिडिओमा उत्कृष्ट ढंगले उतारिएको छ । पैसा सापटी दिएका कारण सम्बन्ध बिग्रिएका आम घटनाहरु गीत गायक गायिका र कलाकारले उत्कृष्ट ढंगले प्रसतुत गरेका छन् । 

     

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij