Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

Logo

Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

लोकप्रिय गायक बिष्णु खत्री र सुनिता बुढा क्षेत्रीले गाएको मर्मस्पर्शी गीत ‘केशमा फुर्के रिवन’

लोकप्रिय गायक बिष्णु खत्री र सुनिता बुढा क्षेत्रीले गाएको मर्मस्पर्शी गीत ‘केशमा फुर्के रिवन’

  • पौष ३०, २०७९ शनिवार
  • ०९:५९:०८ बजे
  • 1.2K
    SHARES
  • लोकप्रिय गायक बिष्णु खत्री र सुनिता बुढा क्षेत्रीले गाएको मर्मस्पर्शी गीत ‘केशमा फुर्के रिवन’

     ‘सम्झनाले गिद्धि नी हल्लाउँछ, खाना खाँदा घाँटीमा गल्लाउँछ’ यो टुक्का विष्णु खत्रीको नयाँ गीत ‘केशमा फुर्के रिवन’मा समाबेश छ । लोक क्षेत्रमा शब्द, भाका र स्वरको त्रिवेणी मानिएका सर्जक तथा गायक खत्रीको सृजनामा तयार भएको पछिल्लो गीतमा सुनिता बुढा क्षेत्रीले महिला गायनमा साथ दिएकी छिन् ।

    कृष्ण केसीको एरेन्ज रहेको गीतलाई सुमधुर क्रियशनले उत्पादन गरेको हो । विष्णु खत्रीको अफिसियल यूटुवमार्फत विहिबार सार्वजनिक गरिएको गीत स्लो लोक लयमा आधारित छ । माया गर्ने नपाएको विरही गाथालाई गीतको कथा बनाइएको छ ।

    दुई हप्ताअघि मात्र बाल गायिका कल्पना विष्टको स्वरमा ‘गैरी खेतमा कुलो’ल्याएका उनले ‘गल्कोटमा बग्यो दरम’, ‘मान्छेको स्वभाव’, ‘आधा शरिर’, ‘पुर्णिमाको रात’, ‘उडि जाने जहाज’, ‘बर्खामास’ लगायतका गीत पछिल्लो समय प्रस्तुत गरेका छन् । ७ महिना अघि सार्वजनिक गरिएको ‘परान बाँकी छ’बोलको गीतले इतिहास रच्यो । यो गीत खत्रीको सांगीतिक करियरमै करोड क्लबको स्वाद चखाउने सृजना बन्यो ।

    बाल कलाकार सुप्रिम मल्ल र पुजा देवकोटाले गाएको सो गीतबाट खत्रीले गीतकार विधामा रारा म्यूजिक अवार्ड पाएका छन् । उनले लेखेका छन्, ‘जनताले दिलाएको अवार्ड, गायकको रुपमा धेरै अवार्ड हात पारे पनि गीतकारको रुपमा यो मेरो पहिलो अवार्ड हो । यस्ले मलाई गीत लेखनमा पनि अझै थप हौसला मिलेको छ ।’

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij