Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

Logo

Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

जब प्रधानमन्त्री प्रचण्डको शुभकामना सन्देशका लागि आशिष अविरलले धुन बनाए

जब प्रधानमन्त्री प्रचण्डको शुभकामना सन्देशका लागि आशिष अविरलले धुन बनाए

  • पौष १८, २०७९ सोमवार
  • १५:४०:३६ बजे
  • 1.2K
    SHARES
  • जब प्रधानमन्त्री प्रचण्डको शुभकामना सन्देशका लागि आशिष अविरलले धुन बनाए

    काठमाडौं । म्युजिक कम्पोजर आशिष अविरल सधैंजसो आफ्नो राग स्टुडियोमा एउटा गीतलाई अन्तिम रुप दिन व्यस्त थिए । त्यही बेला उनको मोबाइलमा घण्टी बज्यो । आशिषले फोन रिसिभ गरे । फोन गर्ने व्यक्तिले भने-  ‘प्रधानमन्त्रीज्यूलाई एउटा छोटो मीठो धुन चाहियो रे । तत्काल उपलब्ध गराउन सक्ने गरी तपाईंसँग कुनै स्टकमा छ ?’

    ‘मलाई त आश्चर्य लाग्यो, प्रधानमन्त्रीलाई मेरो संगीत आवश्यक पर्नु मेरा लागि आश्चर्य पनि र गौरवको कुरा पनि थियो,’ आशिष भन्छन्, ‘मैले अरु काम छाडेर एउटा धुन तत्कालै उपलब्ध गराइहालें । प्रधानमन्त्री प्रचण्डको फेसबुक पेजबाट त्यो सेयर भएको छ ।’'

    आशिषले नेपाली मौलिक बाजासमेत मिसाएर तयार परेको उक्त धुनमा केही शब्द र प्रचण्डको फोटो पनि मिसाएर अंग्रेजी नयाँ वर्षको सन्दर्भमा शुभकामना दिइएको छ । प्रचण्डले उक्त धुन सेयर गर्दै लेखेका छन्, ‘आउनुस्, हरेक दिन समृद्ध नेपालको निर्माण गर्न सुशासन र विकासको पक्षमा जनताका आवश्यकतालाई सम्बोधन गर्नका लागि धेरैभन्दा धेरै काम गर्ने प्रतिज्ञा गरौं । अंग्रेजी नयाँ वर्ष २०२३ को हार्दिक मंगलमय शुभकामना ।’

    आशिषले उक्त धुन एक टेलिभिजनको स्टेसन आईडीको लागि तयार पारेका थिए । तर दिन बाँकी थियो । उनले त्यही प्रधानमन्त्रीको शुभकामना सन्देशका लागि उपलब्ध गराएको आशिषले बताए । ‘अब त्यो टेलिभिजनलाई नयाँ धुन बनाएर दिनुपर्ला,’ उनले भने ।

    बागलुङ जिल्लाको मल्म भन्ने ठाउँमा जन्मे-हुर्केका आशिष हिलेका चल्तीका संगीतकार तथा एरेन्जर हुन् । उनले अहिले फूलैफूल दिन्छौ कि बोलको गीतको फिमेल भर्सनको गीत तयार पार्दैछन् । त्यो गीत यसअघि शिव परियारले गाएका थिए ।

    यो पनि:

  • सम्बन्धित विषय:

  • # आशिष अविरल

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij