Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

Logo

Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

लोकप्रिय गायिका शान्ति श्री परियार र बसन्त विश्वकर्माले गाएको गित युटुवदेखी टिकटकसम्म हिट

लोकप्रिय गायिका शान्ति श्री परियार र बसन्त विश्वकर्माले गाएको गित युटुवदेखी टिकटकसम्म हिट

  • पौष १४, २०७९ बिहिवार
  • २२:३१:४६ बजे
  • 1.0K
    SHARES
  • लोकप्रिय गायिका शान्ति श्री परियार र बसन्त विश्वकर्माले गाएको गित युटुवदेखी टिकटकसम्म हिट

    पछिल्लो समय एकपछि अर्को सफल गीत दर्शक श्रोता समक्ष पस्किदै आएका लोकप्रिय गायक बसन्त विश्वकर्माको फेरि नयाँ लोक दोहोरी गीत ‘साईली’ सार्वजनिक भएको छ ।

    गीतमा गायक बसन्तलाई लोकप्रिय गायिका शान्ति श्री परियारले आवाजमा साथ दिएकी छिन् । गीतमा शब्द,संगीत गायक बसन्तले नै सृजना गरेका छन् । कृष्ण भान्जाको संगीत संयोजन, श्यामश्वेत रसाइलीको मिक्सिङ मास्टरिङ्गमा रहेको यस गीतको रेकर्ड प्रिज्म स्टुडियोमा गरिएको हो भने रेकर्डिङ कमल थापा र गोविन्द अनेकले गरेका हुन् ।

    म्युजिक भिडियोमा बसन्त संगै सनिसा भट्टराई, हिमांशु थापा लगायतको कलाकारहरुको उत्कृष्ट अभिनय रहेको छ । निर्देशक मौसम हिमालीको निर्देशन तथा कोरियोग्राफी रहेको गीतमा म्युजिक भिडियोमा नवराज उप्रेतीको छायांकन, नविन घर्तीमगरको सम्पादन रहेको छ । मौलिक शब्द र संगीतले ओतप्रोत रहेको यस गीतमा सर्जकले माया प्रेमको भाव झल्काएका छन् ।

    म्युजिक भिडियोको दृश्यले समाज परिवर्तन र रुपान्तरणको विषयलाई बोकेको छ । गीतले सबैको मन जितोस् शुभकामना ।

    यो पनि:

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij