Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

Logo

Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

नायिका बर्षा शिवाकोटी र मेक्सम खातीले खेलेको दोहोरी गित ‘परानी’ सर्वाधिक हिी

नायिका बर्षा शिवाकोटी र मेक्सम खातीले खेलेको दोहोरी गित ‘परानी’ सर्वाधिक हिी

  • पौष १०, २०७९ आइतवार
  • १२:०४:०३ बजे
  • 393
    SHARES
  • नायिका बर्षा शिवाकोटी र मेक्सम खातीले खेलेको दोहोरी गित ‘परानी’ सर्वाधिक हिी

    ‘परानी’ शीर्षकको गीत सार्वजनिक भएको छ । अस्मिता अधिकारी र रमण रायमाझीको स्वर रहेको गीतको भिडियो सोमबार ‘मेक्सम नरेश अफिसियल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । नरेश खातीको शब्द एवं संगीत रहेको गीतमा श्यामश्वेत रसाईलीको संगीत संयोजन छ । भिडियोमा मेक्सम खाती र वर्षा शिवाकोटीको अभिनय एवं नृत्य छ ।

    सुनिल क्षेत्रीको कोरियोग्राफी एवं निर्देशन रहेको भिडियो तयार भएको हो । म्युजिक भिडियोमा नयाँ प्रयोग गर्न रुचाउने निर्देशक क्षेत्रीले ‘परानी’मा पनि त्यसलाई निरन्तरता दिएका छन् ।

    नरेशको शब्द एवं संगीत, मेक्समको स्वर एवं अभिनय रहेको ‘हैन होला र !’ पछिल्लो समय चर्चामा रहेको गीत हो । उक्त गीतलाई जस्तै ‘परानी’लाई पनि स्रोता दर्शकले रुचाउने नरेश र मेक्समको अपेक्षा छ । दुर्गा पौडेलको छायाँकन रहेको यस गीतको भिडियो विकास ज्ञवालीको सम्पादनपश्चात युट्युबमा सार्वजनिक गरिएको हो ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij