Friday, Oct 30 2026 शुक्रवार, कार्तिक १४ गते २०८३

Logo

Friday, Oct 30 2026 शुक्रवार, कार्तिक १४ गते २०८३

विष्णु खत्री, सुनिता बुढा र सारिका केसीकाे सहकार्यमा पञ्चेबाजा गित ‘गल्काेटमा बग्याे दरम’

विष्णु खत्री, सुनिता बुढा र सारिका केसीकाे सहकार्यमा पञ्चेबाजा गित ‘गल्काेटमा बग्याे दरम’

  • मंसिर २४, २०७९ शनिवार
  • १३:२८:४६ बजे
  • 1.2K
    SHARES
  • विष्णु खत्री, सुनिता बुढा र सारिका केसीकाे सहकार्यमा पञ्चेबाजा गित ‘गल्काेटमा बग्याे दरम’

    नेपाली सांगीतिक आकाशको लोकसंगीत क्षेत्रमा सुपरिचित नाम हो बिष्णु खत्री । नेपाली लोकसंगीतको क्षेत्रमा मैलिक लोकगीतदेखि लिएर आफ़ना गीत संगीतमा आंचलिकता प्रस्तुत गरि परिचित बनाउनका लागि उनका गीतसंगीतले महत्वपूर्ण योगदान पुर्याएका छन । कहिले नेपाली समाजको चरित्रलाई आफ़ना सृजनामा उतारेर सचेतना फैलाउनका लागि त कहिले गरिब दीनदुःखीका भावनालाई समेटेर सरोकारवाला निकायलाई झकझकाउन उनका सृजनाले भूमिका निर्वाह गरेका छन । 

    दुई दशक भन्दा लामो आफ़नो सांगीतिक यात्राका क्रममा खत्रीले आफ़नो जन्मभूमिको परिवेशलाई समेटेर पछिल्लो आफ़नो लोक लयमा आधारित ‘गलकोटमा बग्यो दरम’ नामक पञ्चेबाजाको एल्बम बजारमा ल्याएका छन । माया पिरतीका भावलाई मार्मिक शब्द संयोजनसहितको कथावस्तुमा समेटेर गलकोट क्षेत्रका रमणीय र पर्यटकीय स्थानलाई दृष्यमा उतारेर सो एल्बम बजारमा ल्याएका हुन । 

    आफ़नो भूतपूर्व मायालाई समय परिस्थितिका कारण अर्कै हुदा केटा केटाका केतका मनमा उठेका तरंग र भूतपूर्व मायालाई मन नलाई नलाई पनि पानी छोड्नुपर्ने वाध्यात्कम अवस्थामा केटीको मनमा उब्जेका भावनालाई लय र संगीत बद्द गरेर एल्वममा देखाईएको छ । केटीको बिबाह पश्चात् भेट भएको अवस्थालाई कथावस्तु बनाईएको उक्त एल्बममा भनिएको छ – ‘गयौ तिमी दरम पुल तरेर, कहिलै मेरी नहुनी गरेर’ गलकोटमा बग्यो दरम , संगै जीवन बिताउने बेलामा छुटिने रैछ करम 

    मनको बह केटाले पोखेको सुनेपछि केटीले पनि आफ्नो अन्तरमनको व्यथालाई यसरी पोख्छिन- भन्थे ज्योतिष घर हुन्छ उहिसंग, आज माया बाडियो दुई संग 

    माया बसेको बेलाका यादहरूको स्मरण गर्दै गर्दैगर्दा गलकोट क्षेत्रकै प्रख्यात घुम्टेको मेलामा जाने सन्दर्भलाई कलात्मक ढंगले प्रस्तुत गर्दै गीतमा भनिएको छ – अब कहिले आउला र पालो, सँगै जान घुम्टेको उकालो 

    गलकोट क्षेत्रकै दरम खोलालाई थेगो बनाएर बनाइर गाइएको गीतमा गलकोटमा सास्कृतिक रूपमा पनि विविध मेला पर्व हुने र ती मेला पर्वमा माया पिरतीका लागि पनि उर्वर समय हुने कुरालाई गीतमार्फ़त यसरी भनिएको छ – आउथेउ तिमी गलकोटको मेलामा , हुन्थ्यो भेट साँझको बेलामा 

    बिष्णु खत्री र सुनिता बुढा क्षेत्रीको स्वरमा सजिएको उक्त एल्बमको शब्द तथा संगीत बिष्णु खत्रीको रहेको छ । 

    बिनोद भण्डारीको निर्देशनमा तयार पारिएको भिडियोमा सारिका केसी र बिष्णु खत्रीको फिचरिङ रहेको छ । बिष्णु खत्री युटुव च्यानलबाट सार्वजनिक गरिएको सो गीति एल्वम बागलुङको गलकोटका विभिन्न स्थानमा छायांकन गरिएको गरिएको छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij