मेष राशि चु, चे, चो, ला, लि, लु, ले, लो, अ दाम्पत्य सम्बन्धमा सुधार रहनेछ । प्रतिश्पर्दा जन्य कार्यमा समय उत्तम रहेकोछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय उत्तम रहेकोछ । नयाँकार्य थालनिको योग रहेकोछ । सामाजिक कार्यमा सहभागीता जनाउने समय रहेकोछ । ब्यपार ब्यवसायमा समय उत्तम रहनेछ । अधुराकार्यहरु सुचारु गर्न समयले बिशेष साथ दिनेछ ।
बृष राशि इ, उ, ए, ओ, बा, बि, बु, बे, बो सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ने दिन रहेकोछ । खराब संगतका कारण सामान्य अप्जस सहनु पर्ला । प्रतिपक्षीहरु सबल रहनाले कार्य सम्पादनमा साबधान रहनु होला । मनोरञ्जन मुलक सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ । तात्कालिक खर्चका कारण सामान्य आर्थीक झमेलामा फस्न सकिने सम्भाबना रहेकोछ ।
मीथुन राशि का, कि, कु, घ, ङ, छ, के, को, ह पुरानो लगानि उठाउने राम्रो समय रहेको छ । मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । प्रतिस्पर्दामा अबल रहीनेछ । आय मुलक कार्यको थालनि हुनेछ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । अध्यन अध्यापनका क्षेत्रमा खर्चिएको समय उत्तम साबित रहने योग रहेकोछ ।
कर्कट राशि हि, हु, हे, हो, डा, डि, डु, डे, डो मान्यजनको साथसहयोगको कमी महसुस गरीनेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । सामान्य कार्यमा धेरै समय र श्रम खर्चनु पर्ला । पारीवारको साथ सहयोग द्वारा आम्दानि क्षेत्रमा मार्गदर्शन मिल्नेछ । परीश्रमको उचित मुल््याङ्कन नहुनाले मनमा खिन्नताले बास गर्नेछ ।
सिंह राशि मा, मि, मु, मे, मो, टा, टि, टु, टे मनोबिलासिताका सामान खरीद योग रहेको छ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ । पराक्रममा बृद्धि हुनेछ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । धार्मिक क्षेत्रको यात्रामा समय ब्यतित रहनेछ ।
कन्या राशि टो, प, पि, पु, ष, ण, ठ, पे, पो मनमा चन्चलताले बास गर्नाले सामान्य कार्यका निम्ती अधिक श्रम खर्चनु पर्नेछ । वाणीका कारण सामान्य वादविवाद आईपर्न सक्नेछ । नजिकका साथी भाईहरु सगँ सामान्य मनमुटाब हुन सक्नेछ । शारिरीक अस्वस्थाको सामना गर्नु पर्ला । गरीरहेको कार्य क्षेत्र परिर्वतनको सम्भाबना रहेकोछ ।
तुला राशि र, रि, रु, रे, रो, ता, ति, तु, ते मान्यजनको साथसहयोगको कमी महसुस गरीनेछ । भौतिक श्रोत साधनको प्रयोगका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ साथै जिबन साथीको सहयोमा कार्य सम्पादनमा मद्धत मिल्नेछ । ब्यापार ब्यवसायमा साजेदारी नगरेकै बेशहुनेछ । शारीरिक आलस्यताले सताउनेछ ।
बृश्चिक राशि तो, ना, नि, नु, ने, नो, या, यि, यु यात्राका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्रतिस्पर्दीहरु कमजोर हुनाले आर्यआर्जनमा बिषेश फाईदा रहला । स्वास्थमा भने सामान्य समस्या देखा पर्नेछ । गैर ब्यक्तीको पूर्ण विस्वास नगर्नुनै राम्रो रहनेछ । घर परिवार बाटँ टाढाँ भएको अनुभूति हुन सक्नेछ । सामाजिक कार्यका क्षेत्रमा अघिनबढ्नु होला ।
धनु राशि ये, यो, भ, भि, भु, ध, फा, ढ, भे प्रिय ब्यक्तिको भेटघाटमा मन प्रशन्न रहनेछ तथा पारिवारीक मनोरञ्जका निम्ती सामान्य खर्च हुनेछ । सामान्य सघंष पश्चात मनग्य आम्दानिका श्रोतहरु फेला पर्नेछ । बिद्यार्थी बर्गका लागी दिन उत्तम रहनेछ । रचनात्मक कार्यको क्षेत्रबाट आफुलाई अब्बल तुल्याउन सकिने समय रहेकोछ ।
मकर राशि भो, ज, जि, खि, खु, खे, खो, गा, गि पारीवारिक मेल मीलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । प्रतिक्षा गरीएको कार्यको उत्तम प्रतिफल प्राप्तहुनाले मन हर्षित रहनेछ ।
कुम्भ राशि गु, गे, गो, सा, सि, सु, से, सो, द निर्णय गर्ने क्षमता मा कमि आउनेछ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । मित्रजनहरुको अधिक निकटता सामान्य झन्झटीलो साबित हुन सक्नेछ ।
मिन राशि दि, दु, थ, झ, ञ, दे, दो, च, चि बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन । सामान्य चोटपटकको सिकार भईन सक्छ सजग रहनु होला । मान्यजन संगको सम्बन्ध खराब रहन सक्छ । बिद्या प्राप्ति योग रहेको छ । सन्तान सम्बन्धि समस्याले सताउने छ । स्थीर क्षेत्रमा गरीएको लगानिको उत्तम प्रतिफल प्राप्त रहनेछ ।
यो पनिः पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय बन्दै गएका छन् । पुर्व मेची देखी पश्चिम महाकालीसम्म नेपाली दोहोरी गित पछिल्लो समय निकै रुचाईएको छ । यसै क्रममा नेपाली गायन क्षेत्रको यात्रामा सबैले रुचाईएको लोकप्रिय नाम हो सुमन परियार ।
विगत डेढ दशक भन्दा लामो समय देखी संगित यात्रामा निरन्तर अघि वढेका परियार पछिल्लो समय निकै व्यस्त गायक एवम् कलाकारको रुपमा परिचित छन् । गित गाऊन देखी सिर्जना गर्नसम्म एवम् अभिनय देखी फिचरिङ्ग सम्म निकै व्यस्त देखिने परियार पछिल्लो समय लाईभ दोहोरीमा तारा बनेर चिनिएका छन् । अपार दर्शक स्रोताहरुको माया र समर्थनले परियार सधै लोकप्रिय नै छन् ।
गोरखा जिल्ला जन्मभुमी भई काठमाडौ कर्मभुमि वनाएर परियारले २०६४ सालदेखी आफ्नो ऒपचारिक सांगितिक यात्रा सुरु गरेका थिए । 'ऋण लागेनि दिन नलागोस् कहिले' गितबाट आफ्नो गायन यात्रा सुरुवात गरेका परियारले आजसम्म झण्डै दुईसय भन्दा धेरै गितहरुमा आवाज भरिसकेका छन् भने सयौं गितमा अभिनय संगै डान्सिङ्ग फिचर गरेका छन् । देवि घर्ति संग गाएको 'मेरो त भाग्य पनि कस्तो' गितबाट सुमनको सांगितिक करियर निकै व्यस्त वन्न थाल्यो । त्यसपछी क्रमश 'नरोऊ नरोऊ नभन', 'चाहे झै तिमलाई माया सकिन कि दिन' देखी 'रानी हजुर'सम्म परियारकै आवाज सजिएको छ ।
सानै उमेर देखी गित संगितका पारखी बनेका परियार बच्चै देखी गित गुनगुनाऊने गर्थे । विद्यालयमा हुने विभिन्न प्रतियोगितामा पनि परियारको उत्तिकै सहभागिता हुन्थ्यौ भने कति प्रतियोगिताहरुमा त उनी प्रथम स्थान हासिल गर्न समेत सफल भएका थिए । गीत गाउन भनेपछि हुरुक्कै हुने सुमन परियारलाई स्टेजमा चढेर गीत गाउने छुट्टै रहर जागेको थियो । हजारौं दर्शक स्रोताहरुको अगाडी बसेर आफ्नो प्रस्तुति दिने रहर भने सुमनकाे मनमा रहिरहन्थ्यो । भाग्यले भनौ या संयोगले गाउँघरमा हुने विभिन्न मेला, महोत्सव एवं कार्यक्रमहरुमा उनको सहभागीता रहि स्टेज चढेर मिठा मिठा गीत गाएर धेरै दर्शक श्रोताहरूको मन जित्न सफल भएका थिए । उनी सानै देखी लोक लयको सांगीतिक रसले भरिएका मौलिक गीतहरूमा निकै रमाऊने गर्थे । अझ रमाईलो कुरा त परियार गाउँघरमा हुने पुजाआजामा रोधी बसेर रातभरि दोहोरी गाऊने गर्थे । गितसंगित प्रतिको त्यही माया र मोहले होला सायद परियार पछिल्लो समय सफल गायक बनेर चिनिएका छन् !
कहिले हासो कहिले रोदन, कहिले मिलन कहिले विछोड अनि कहिले मायाप्रेम त कहिले सामाजिक घटनाका विषयवस्तुलाई गितिमाध्यमबाट छर्लङ्ग पार्ने परियारले देशका विभिन्न मेला महोत्सवमा आफ्नो प्रस्तुति दिइसकेका छन् भने उनले ३ महिना जापानमा गएर समेत आफ्नो सांगितिक कार्यक्रम प्रस्तुत गरिसकेका छन् ।
विदेशबाट पनि परियारको राम्रो माग भएकाले अब उनी कार्यक्रमका लागि छिट्टै विदेश जाने तयारीमा पनि छन् । ४्/५ वर्ष सांगितिक क्षेत्रबाट टाढिए पनि पछिल्लो समय सुमन परियार लाईभ दोहोरी मार्फत फेरी उदाएका छन् उनले छोटो समयमै पाँच सयभन्दा धेरै दोहोरी गाईसेका छन् । उनले कुनै दिन १० वटा सम्म लाईभ दोहोरी गाएको रेकर्ड छ । फेसबुक, युटुव देखि टिकटक सम्म परियारले गाएका शब्दहरुको चर्चा परिचर्चा हुने गर्छ, सामाजिक सञ्जालमा पछिल्लो समय उनकै आवाज गुन्जिरहेका छन् ।
गायन पेशामा निकै व्यस्त बनेका परियारका धेरै दर्शक श्रोताहरु, फ्यानहरु अव सुमनको कस्तो गित आऊला भनेर प्रतिक्षा गरिरहेका हुन्छन् । गाउनमा जस्तै नाच्नमा पनि उत्तिकै अब्बल छन् सुमन । लाइभ दोहोरीमा निकै व्यस्त बनेका परियार पछिल्लो समय म्युजिक भिडियो छांयाकन संगै अफिसियल गितहरुमा पनि उत्तिकै व्यस्त बनिरहेका छन् ।
बाँकि हेर्नुस् तलकाे भिडियो रिपोर्ट :-
पछिल्लो नेपाली सांगितिक बजार यतिबेला संगितमय वन्दै गएको छ ।लोक तथा दोहोरी गीत संगीत क्षेत्रको फाटमा पछिल्लो समय एकाएक गीतहरुले पाइला अगाडी बढाईराखेका छन्। यसै विच गायक तथा सर्जक निश्चल दवाडी र गायिका शान्ति श्री परियारको आवाजमा रहेको “सोल्टी बजार” बोलको गीत दवाडीकै युटुब च्यानल बाट विश्वभर सार्वजनिक भएको छ। गीतमा निश्चल दवाडीको शब्द तथा लय रहेको छ । गीतका शब्दमा मिठासपन देखिएको छ। गीत टिकटक देखि युटुसम्म चर्चा पाईसकेको छ।
दवाडीको शब्द भित्र सुरज लामिछानेको लयमा हालसालै बसन्त थापा र शान्ति श्री परियारको स्वरमा रहेको “भिरमौरी” गीतले निकै चर्चामा पाएको हो।
गीतमा भने उस्तै मिठो आवाज सजिएर बजारमा आएको छ। केही फरक किसिमको गीत बनेको छ उस्तै मिठो आवाजसंगै दर्शक श्रोताले रुचाउन थालेका छन्। भिडियोमा सुनिल क्षेत्री लोमस शर्मा निक्स शर्मा शिशिर पौडेल रजनी गुरुडंको अभिनय रहेको छ भने भिडियोलाइ सुनिल क्षेत्रीले निर्देशन गरेका हुन्।
पुरा भिडियो हेर्नुहोस्ः
काठमाडौं– गायिका अमृता लामिछानेको प्रस्तुति तथा दि डिभाइन म्युजिक र नेप्सिनेको सहकार्यमा निर्मित म्युजिक भिडियो ‘पाटको नेती, काठैको मदानी’ सार्वजनिक गरिएको छ। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उक्त भिडियो सार्वजनिक गरिएको हो।
दिनेशराज पुरीको शब्द रचना रहेको यस गीतमा अर्जुन पोखरेलले स्वर तथा संगीत दिएका छन् भने उनको साथमा गायिका अमृता लामिछानेको स्वर रहेको छ। विधान कार्की निर्देशित भिडियोमा कलाकारहरु चक्र बम, उषा उप्रेती, सुधिर श्रेष्ठ, बिना राउतलगायतले अभिनय गरेका छन्।
गीत सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्दै गायक तथा संगीतकार पोखरेलले निर्देशक कार्कीले बनाएका यसअघिका ‘नबोली नबोली’ लगायतका अन्य गीतहरु सुपरहिट रहिसकेको स्मरण गर्दै यो गीतले पनि त्यस्तै सफलता पाउने विश्वास व्यक्त गरे। उनले गायिका लामिछानेसंगै आफुले गएको गीत श्रोता, दर्शकहरुले रुचाउने आशा व्यक्त गरे।
भिडियो निर्देशक कार्कीले दशैँको शुभकामना स्वरुप यो गीत सार्वजनिक गरेको बताए। यसपटकको विजया दशमी ‘पाटको नेती काठैको मदानी’ गीतले उल्लासमय बनाउने विश्वास उनले लिए। कार्यक्रममा बोल्दै कलाकारहरुले संसारभरि रहेका सबै नेपालीलाई दशैंको शुभकामना व्यक्त गरेका थिए।
भिडियोका कोरियोग्राफर दिपक एम. सिंह हुन् भने अशिम रानाभाटको कस्ट्युम डिजाईन र दिपेन गौतमको प्रोडक्शन डिजाईन रहेको छ। दिपेन्द्र कार्की पिआर म्यानेजर रहेका छन् भने मनिषा पोखरेल कला निर्देशक हुन्। भिडियोमा केशव पाण्डेको स्टिल फोटोग्राफी, हरि हुमागाईंको छायांकन र विकास दाहालको सम्पादन रहेको छ।