Friday, Oct 30 2026 शुक्रवार, कार्तिक १४ गते २०८३

Logo

Friday, Oct 30 2026 शुक्रवार, कार्तिक १४ गते २०८३

आज मिति २०८२ पुस २८ गतेको राशिफल

आज मिति २०८२ पुस २८ गतेको राशिफल

  • पौष २८, २०८२ सोमवार
  • १२:०२:३५ बजे
  • 195
    SHARES
  • आज मिति २०८२ पुस २८ गतेको राशिफल

    मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

    आज कुनै न कुनै कुराले मनमा शान्ति र खुसियाली मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । मनोरञ्जनमा सहभागी भइएला । बन्द व्यापार र पेसा व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । पारिवारिक सद्भाव पनि बढ्नेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

    वृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

    रोकिएका काम पुनः सुरु हुन सक्छन् । विद्या तथा प्रतिष्पर्धामा सफल भइनेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ । जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ ।प्रेमीको सहयोग पाइनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । कुनै शुभकर्म गर्नु अघि लक्ष्मीजीलाई स्मरण गरी कार्य गर्दा राम्रो हुनेछ ।

    मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह)

     लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । नयाँ कार्यको योजना बन्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । पुराना विचार र अवरोध हटाएर नयाँ सुरुवात गर्न समय पनि अनुकूल छ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

    आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । रिस, आवेग र क्रोधलाई नियन्त्रणमा राखी काम गर्दा राम्रो प्रतिफल पाइने समय छ । राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ, काम गर्दा सजग भएर गर्नुहोला । मन खिन्न हुने स्थिति आउनेछ । अनावश्यक झमेलामा परिएला । कुनै शुभकर्म गर्नु अघि भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

    आज मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । स्वादिष्ट भोजन पाइनेछ । परिवारमा सुख सन्तोष पनि छाउनेछ ।प्रतिष्ठित काम गर्ने मौका छ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

    आज प्रेम सम्बन्ध, अर्थ-लाभ र सामाजिक गतिविधिहरूमा सुखद अनुभव प्राप्त होला। दैनिकीमा उत्साह र सहयोगी ऊर्जा अनुभव हुनेछ। पारिवारिक साथ, सुख मिल्नुका साथै खुसीको खबर सुन्न पनि पाउनु हुनेछ, तर मौलिक योजनाहरूमा विश्वास र धैर्य आवश्यक छ।कुनै शुभकर्म गर्नु अघि शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

    आज सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । नयाँ कार्यको योजना बन्नेछ। आफन्तको सहयोग प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । शुभ समाचार सुन्न पाइएला ।कुनै शुभकर्म गर्नु पूर्व शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु )

    विचार पुर्याएर निर्णय लिनु राम्रो होला । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । दाम्पत्य जीवनमा एक किसिमको निराशा आउन सक्छ । भ्रमण, खानपान तथा फेसनमा धन खर्च बढ्नेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । कुनै शुभकर्म गर्नु आफ्नो पितृ देवतालाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

    आज पुराना विचार र अवरोध हटाएर नयाँ सुरुवात गर्न समय अनुकूल छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । वित्तीय योजनामा सकारात्मक प्रवाह देखिन्छ, तर खर्चमा संयम राख्नु बुद्धिमानी हुनेछ । कुनै शुभकर्म गर्नु अघि विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि )

    आज धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । दिनको उत्तरार्धमा मन पर्ने व्यक्तिसँग भेटघाट पनि हुनेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

    आज भाग्यले साथ दिन्छ- लक्ष्यमा फोकस भएमा प्रगति सम्भव छ । अधुरो र नयाँ कार्यको थालनी हुनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि मधुर छाउने योग छ । छरछिमेकमा सम्पन्न हुने धार्मिक र सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । पारिवारिक सहयोग पनि मिल्ला । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजी लाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि )

    आज खर्च बढ्ने र पारिवारिक सम्बन्धमा सानातिना मतभेदका संकेत छन् । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । गरेका कार्यमा ढिलासुस्ती हुनेछ । शत्रुपक्ष भने सबल रहने भएकाले सजग रहनु उचित हुनेछ । भावनात्मक नियन्त्रण र संयमले फाइदा गर्छ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij