कोटेश्वरको भाट–भटेनीमा पछिल्लो दुई तीनदेखि किनमेल गर्ने ग्राहकहरुको भिडभाड निकै बढेको छ । दैनिक उपभोग्यका साथै इलेक्ट्रोनिक सामान किन्ने शाखामा भिडभाड देखिन्छ ।
यस्तो भिडभाड भाट–भटेनीमा मात्र होइन नेपालीहरुको महान चाड दसैंतिहार तथा छड पर्व नजिकिदै गर्दा सेल्सबेरी, बिगमार्ट, साथीमार्टका सयौं शाखाहरुमा ग्राहकका चाप बढेको छ । ग्राहकहरु दशैं, तिहार तथा छडलाई चाहिने लत्ताकपडा, उपहार, घरायसी सामग्री छानिछानी किनिरहेका छन् ।
केही वर्षदेखि मुलुकभर सञ्चालनमा आएका यस्ता डिपार्टमेन्ट स्टोर तथा मार्टहरुमा किनमेल गर्ने संस्कार वृद्धि भइरहेको छ । ग्राहकको आकर्षण बढ्न थालेपछि यी डिपार्टमेन्ट स्टोर तथा मार्टहरुले पनि भुक्तानी तथा अन्य सुविधाहरु सहज बनाउँदै लगेका छन् ।
यस्ता ठूलो डिपार्टमेन्ट स्टोरहरुमा विकास भइरहेको किनमेलको नयाँ शैलीलाई साथ दिँदै मुलुकको अग्रणी बैंक एनआईसी एशिया बैंकले पनि नयाँ अफर र छुट ल्याएको छ ।
बैंकले दशैं, तिहार, छठलगायतका पर्वको विशेष अवसरमा विभिन्न डिपार्टमेन्ट स्टोर तथा मार्टहरुमा डिजिटल भुक्तानी प्रवद्र्धत तथा सहज बनाउन आफ्ना ग्राहकहरू समक्ष ‘दशैं–तिहार महोत्सव’ योजना ल्याएको छ । यो एक डिजिटल भुक्तानी प्रवद्र्धन गर्ने योजना हो । जसले डिजिटल भुक्तानी विस्तार गर्न सहयोग गर्ने छ ।
‘आम ग्राहक बर्गलाई भुक्तानीमा सहज होस् भनेर हामीले विभिन्न योजनाहरु ल्याइरहेका छौं,’ एन आई सी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने भने, ‘मुलुकभर डिजिटल भुक्तानीलाई प्रवद्र्धन गर्न महान चाडपर्वको अवसरमा हामीले विभिन्न स्टोरहरुमा छुट तथा क्यासब्याकको अफर ल्याएका छौं ।’
यी शाखाहरुबाट कारोबार गरेर धेरैभन्दा धेरै फाइदा उठान सकिने बैंकले जनाएको छ । बैंकले ल्याएको यस योजनाअनुसार भाट–भटेनी सुपरमार्केट, सेल्सबेरी, बिगमार्ट, साथीमार्ट (५ वटा शाखा)लगायत दर्जनौं मर्चेन्टहरूमा विभिन्न सामग्री खरिद गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म क्यास ब्याक तथा छुट उपलब्ध छ ।
बैंकले यो योजना २०७९ आश्विन १ देखि २०७९ कात्र्तिक १५ सम्म लागू हुने जनाएको छ । मुलुकभर फैलिएको मुलुकको सबैभन्दा पुरानो भाट–भटेनी सुपरमार्केटमा आउने लाखौं ग्राहकलाई ध्यानमा राखेर यस सुपरमार्केटबाट तयारी पोसाक तथा जुत्ता चप्पल खरिद गरी यस बैंकको डेबिड वा क्रेडिट कार्डमार्फत पीएसओ भुक्तानी गर्दा बैंकको तर्फबाट १० प्रतिशत वा ५०० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् । त्यसैगरी, सेल्सबेरी, बिगमार्ट, साथीमार्ट काठमाडौंलगायतका मुख्य सहरमा चलेको सुपरमार्केट हो ।
मुलुकमा सञ्चालनमा रहेको यी मुख्य सुपरमार्केट तथा स्टोरमा विभिन्न सामग्रीहरू खरिद गरी एनआईसी एशिया बैंकको डेबिड वा क्रेडिट कार्डमार्फत पीएसओ तथा मोबाइल बैंकिङ्ग एनआईसी एसिया बैकमार्फत क्युआर भुक्तानी गर्दा १० प्रतिशत वा ३०० रुपैयाँसम्म छुट तथा क्यास ब्याक उपलब्ध हुने बैंकले जनाएको छ ।
यस बैंकमा खाता नभएकाहरूले नेपालभर रहेका भाट–भटेनी सुपरमार्केटहरू, सेल्सबेरी, बिगमार्ट र साथीमार्टका सीमित स्टोरहरूमा रहने सो बैंकको स्टलमार्फत खाता खोली तत्काल यस बैंकको डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवा सुचारु गरी छुट तथा क्यास ब्याकको फाइदा उठाउन सक्नेछन् ।
आफ्नो कार्डमा ई–कमर्श भुक्तानी सुविधा नलिएका सो बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ्ग एपमा रहेको आईसर्भ एवं एपबाट सोझै सहज रुपमा आफ्नो कार्डमा ई–कमर्श सुचारु गरी यस योजनाको अधिकतम फाइदा उठाउन सक्नेछन् ।
बैंकले भाट–भटेनी सुपरमार्केट, सेल्सबेरी, बिगमार्ट तथा साथीमार्टमा आफ्नो स्टल पनि राखेको छ । उक्त स्टलबाट ग्राहकले नयाँ खाता खोल्न तथा डिजिटल भुक्तानी सम्बन्धी विषयमा थप जानकारी पनि लिन सक्नेछन् ।
एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ सेवा सञ्चालनमा ल्याएको बैंक हो । २५ वर्षदेखि सञ्चालनमा रहेको यस बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू सञ्चालन गरिरहेको छ । साथै, ग्राहकको सुविधाको लागि भनेर ४७३ एटीएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्ग सञ्चालन गरिरहेको छ ।
वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।
पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय बन्दै गएका छन् । पुर्व मेची देखी पश्चिम महाकालीसम्म नेपाली दोहोरी गित पछिल्लो समय निकै रुचाईएको छ । यसै क्रममा नेपाली गायन क्षेत्रको यात्रामा सबैले रुचाईएको लोकप्रिय नाम हो सुमन परियार ।
विगत डेढ दशक भन्दा लामो समय देखी संगित यात्रामा निरन्तर अघि वढेका परियार पछिल्लो समय निकै व्यस्त गायक एवम् कलाकारको रुपमा परिचित छन् । गित गाऊन देखी सिर्जना गर्नसम्म एवम् अभिनय देखी फिचरिङ्ग सम्म निकै व्यस्त देखिने परियार पछिल्लो समय लाईभ दोहोरीमा तारा बनेर चिनिएका छन् । अपार दर्शक स्रोताहरुको माया र समर्थनले परियार सधै लोकप्रिय नै छन् ।
गोरखा जिल्ला जन्मभुमी भई काठमाडौ कर्मभुमि वनाएर परियारले २०६४ सालदेखी आफ्नो ऒपचारिक सांगितिक यात्रा सुरु गरेका थिए । 'ऋण लागेनि दिन नलागोस् कहिले' गितबाट आफ्नो गायन यात्रा सुरुवात गरेका परियारले आजसम्म झण्डै दुईसय भन्दा धेरै गितहरुमा आवाज भरिसकेका छन् भने सयौं गितमा अभिनय संगै डान्सिङ्ग फिचर गरेका छन् । देवि घर्ति संग गाएको 'मेरो त भाग्य पनि कस्तो' गितबाट सुमनको सांगितिक करियर निकै व्यस्त वन्न थाल्यो । त्यसपछी क्रमश 'नरोऊ नरोऊ नभन', 'चाहे झै तिमलाई माया सकिन कि दिन' देखी 'रानी हजुर'सम्म परियारकै आवाज सजिएको छ ।
सानै उमेर देखी गित संगितका पारखी बनेका परियार बच्चै देखी गित गुनगुनाऊने गर्थे । विद्यालयमा हुने विभिन्न प्रतियोगितामा पनि परियारको उत्तिकै सहभागिता हुन्थ्यौ भने कति प्रतियोगिताहरुमा त उनी प्रथम स्थान हासिल गर्न समेत सफल भएका थिए । गीत गाउन भनेपछि हुरुक्कै हुने सुमन परियारलाई स्टेजमा चढेर गीत गाउने छुट्टै रहर जागेको थियो । हजारौं दर्शक स्रोताहरुको अगाडी बसेर आफ्नो प्रस्तुति दिने रहर भने सुमनकाे मनमा रहिरहन्थ्यो । भाग्यले भनौ या संयोगले गाउँघरमा हुने विभिन्न मेला, महोत्सव एवं कार्यक्रमहरुमा उनको सहभागीता रहि स्टेज चढेर मिठा मिठा गीत गाएर धेरै दर्शक श्रोताहरूको मन जित्न सफल भएका थिए । उनी सानै देखी लोक लयको सांगीतिक रसले भरिएका मौलिक गीतहरूमा निकै रमाऊने गर्थे । अझ रमाईलो कुरा त परियार गाउँघरमा हुने पुजाआजामा रोधी बसेर रातभरि दोहोरी गाऊने गर्थे । गितसंगित प्रतिको त्यही माया र मोहले होला सायद परियार पछिल्लो समय सफल गायक बनेर चिनिएका छन् !
कहिले हासो कहिले रोदन, कहिले मिलन कहिले विछोड अनि कहिले मायाप्रेम त कहिले सामाजिक घटनाका विषयवस्तुलाई गितिमाध्यमबाट छर्लङ्ग पार्ने परियारले देशका विभिन्न मेला महोत्सवमा आफ्नो प्रस्तुति दिइसकेका छन् भने उनले ३ महिना जापानमा गएर समेत आफ्नो सांगितिक कार्यक्रम प्रस्तुत गरिसकेका छन् ।
विदेशबाट पनि परियारको राम्रो माग भएकाले अब उनी कार्यक्रमका लागि छिट्टै विदेश जाने तयारीमा पनि छन् । ४्/५ वर्ष सांगितिक क्षेत्रबाट टाढिए पनि पछिल्लो समय सुमन परियार लाईभ दोहोरी मार्फत फेरी उदाएका छन् उनले छोटो समयमै पाँच सयभन्दा धेरै दोहोरी गाईसेका छन् । उनले कुनै दिन १० वटा सम्म लाईभ दोहोरी गाएको रेकर्ड छ । फेसबुक, युटुव देखि टिकटक सम्म परियारले गाएका शब्दहरुको चर्चा परिचर्चा हुने गर्छ, सामाजिक सञ्जालमा पछिल्लो समय उनकै आवाज गुन्जिरहेका छन् ।
गायन पेशामा निकै व्यस्त बनेका परियारका धेरै दर्शक श्रोताहरु, फ्यानहरु अव सुमनको कस्तो गित आऊला भनेर प्रतिक्षा गरिरहेका हुन्छन् । गाउनमा जस्तै नाच्नमा पनि उत्तिकै अब्बल छन् सुमन । लाइभ दोहोरीमा निकै व्यस्त बनेका परियार पछिल्लो समय म्युजिक भिडियो छांयाकन संगै अफिसियल गितहरुमा पनि उत्तिकै व्यस्त बनिरहेका छन् ।
बाँकि हेर्नुस् तलकाे भिडियो रिपोर्ट :-
पछिल्लो नेपाली सांगितिक बजार यतिबेला संगितमय वन्दै गएको छ ।लोक तथा दोहोरी गीत संगीत क्षेत्रको फाटमा पछिल्लो समय एकाएक गीतहरुले पाइला अगाडी बढाईराखेका छन्। यसै विच गायक तथा सर्जक निश्चल दवाडी र गायिका शान्ति श्री परियारको आवाजमा रहेको “सोल्टी बजार” बोलको गीत दवाडीकै युटुब च्यानल बाट विश्वभर सार्वजनिक भएको छ। गीतमा निश्चल दवाडीको शब्द तथा लय रहेको छ । गीतका शब्दमा मिठासपन देखिएको छ। गीत टिकटक देखि युटुसम्म चर्चा पाईसकेको छ।
दवाडीको शब्द भित्र सुरज लामिछानेको लयमा हालसालै बसन्त थापा र शान्ति श्री परियारको स्वरमा रहेको “भिरमौरी” गीतले निकै चर्चामा पाएको हो।
गीतमा भने उस्तै मिठो आवाज सजिएर बजारमा आएको छ। केही फरक किसिमको गीत बनेको छ उस्तै मिठो आवाजसंगै दर्शक श्रोताले रुचाउन थालेका छन्। भिडियोमा सुनिल क्षेत्री लोमस शर्मा निक्स शर्मा शिशिर पौडेल रजनी गुरुडंको अभिनय रहेको छ भने भिडियोलाइ सुनिल क्षेत्रीले निर्देशन गरेका हुन्।
पुरा भिडियो हेर्नुहोस्ः
काठमाडौं– गायिका अमृता लामिछानेको प्रस्तुति तथा दि डिभाइन म्युजिक र नेप्सिनेको सहकार्यमा निर्मित म्युजिक भिडियो ‘पाटको नेती, काठैको मदानी’ सार्वजनिक गरिएको छ। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उक्त भिडियो सार्वजनिक गरिएको हो।
दिनेशराज पुरीको शब्द रचना रहेको यस गीतमा अर्जुन पोखरेलले स्वर तथा संगीत दिएका छन् भने उनको साथमा गायिका अमृता लामिछानेको स्वर रहेको छ। विधान कार्की निर्देशित भिडियोमा कलाकारहरु चक्र बम, उषा उप्रेती, सुधिर श्रेष्ठ, बिना राउतलगायतले अभिनय गरेका छन्।
गीत सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्दै गायक तथा संगीतकार पोखरेलले निर्देशक कार्कीले बनाएका यसअघिका ‘नबोली नबोली’ लगायतका अन्य गीतहरु सुपरहिट रहिसकेको स्मरण गर्दै यो गीतले पनि त्यस्तै सफलता पाउने विश्वास व्यक्त गरे। उनले गायिका लामिछानेसंगै आफुले गएको गीत श्रोता, दर्शकहरुले रुचाउने आशा व्यक्त गरे।
भिडियो निर्देशक कार्कीले दशैँको शुभकामना स्वरुप यो गीत सार्वजनिक गरेको बताए। यसपटकको विजया दशमी ‘पाटको नेती काठैको मदानी’ गीतले उल्लासमय बनाउने विश्वास उनले लिए। कार्यक्रममा बोल्दै कलाकारहरुले संसारभरि रहेका सबै नेपालीलाई दशैंको शुभकामना व्यक्त गरेका थिए।
भिडियोका कोरियोग्राफर दिपक एम. सिंह हुन् भने अशिम रानाभाटको कस्ट्युम डिजाईन र दिपेन गौतमको प्रोडक्शन डिजाईन रहेको छ। दिपेन्द्र कार्की पिआर म्यानेजर रहेका छन् भने मनिषा पोखरेल कला निर्देशक हुन्। भिडियोमा केशव पाण्डेको स्टिल फोटोग्राफी, हरि हुमागाईंको छायांकन र विकास दाहालको सम्पादन रहेको छ।