Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

Logo

Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

पाथिभरामाताले सबैको रक्षा गरुन्, थाहा पाउनुहोस आजको राशिफल

पाथिभरामाताले सबैको रक्षा गरुन्, थाहा पाउनुहोस आजको राशिफल

  • आश्विन २५, २०७९ मंगलवार
  • १०:५१:२४ बजे
  • 1.4K
    SHARES
  • पाथिभरामाताले सबैको रक्षा गरुन्, थाहा पाउनुहोस आजको राशिफल

    आजको पात्रो ः २५ असोज २०७९, मंगलबार । तद्नुसार अक्टोबर महिनाको ११ तारिक २०२२ ।

    कार्तिककृष्णपक्ष द्धितीया, तैतिल करण, अश्विनी नक्षत्र, हर्षण योग, चन्द्रमा मेष राशिमा रहेको छ । आज विहान सूर्योदय ६ः०९ मिनेटमा र सूर्यास्त ५ः४० मा हुनेछ । आज ११ः२८ देखि १२ः१४ सम्मको समय अभिजित मुहूर्त रहेको छ ।

    यो समयमा कुनै पनि शुभकार्य गर्न सकिन्छ । आजको देवता भग, ग्रहदेव सूर्य रहेको छ । मंगलबारको दिन गणेश र हुनमानको साधना गर्दा उत्तम हुनेछ । आजको दिन ब्यापार ब्यबसायमा समय दिनुभएमा उत्तम हुनेछ । कसैसँग विवाद हुने काम नगर्नुहोला ।

    आजको राशिफल ः

    मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

    मेष राशि भएका जातको लागि मंगलवारको दिन मनमा प्रसन्नता छाउनेछ । धनलाभ, स्वास्थ्यमा प्रतिकुलता र विजयप्राप्त हुनेछ । शत्रुमाथिको विजयप्राप्ति हुने र आर्थिक व्याय हुने देखिन्छ । बजारमा सामान खरिद गर्दा विचार गर्नुहोला । विलासिताको सामान मंगलबारको दिन खरिद नगर्दा राम्रो हुनेछ । चन्द्रमाको साथ रहेको छ । आजको दिन तपाईको सोचअनुसार काम हुनेछ ।

    वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

    आजको दिन अध्ययन अध्यापनमा रुचि र मनमा खुसी छाउने छ । यदी आजको दिन यात्रा गर्न खोज्नु भएको छ भने यात्रा कष्टकर हुनेछ । यदी यात्रा गर्नै पर्ने छ भने पूर्व दिशा तर्फ फर्केर यात्रा शुरुवात गर्नुहोला । यात्रा गर्नुभन्दा पहिले दहीको सेवन गर्नुहोला । कुनै कुमारी कन्यालाई भोजन र बस्त्र दान गर्नुभयो भने तपाईको मनमा प्रसन्नता छाउने छ ।

    मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

    आजको दिन परिवार र आफन्तजनमा विवाद हुनसक्छ । त्यसैले मिथुन राशि भएका जातकले आजको दिन मौन बस्नु ठीक होला । मित्रमण्डली र ब्यापार ब्यबसायमा रहेका साझेदारसँग अनावश्यक विवाद उत्पन्न हुनसक्छ त्यसैले मौन रहेर काम गर्दा तपाईलाई फाइदा हुन्छ । आवश्यक भन्दा बढी नबोल्ने,आफ्नो नियमित काम मात्र गर्ने ।

    कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

    तपाईको लागि आजको दिन अनुकल देखिन्छ । धनप्राप्तिको योग छ । नयाँ वस्त्र खरिद गरेर लगाउन सक्नुहुनेछ । आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ । त्यसैले आजको दिन तपाईको सोचअनुसार काम हुनेछ । विहान उठेर सूर्यनारायणको दर्शन गर्नुहोला । आजको दिन तपाईले गरेका कामका सफलता मिल्नेछ ।

    सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

    तपाईले घर परिवार र मित्रहरुसँग अनावश्यक विवाद नगर्नु होला । लामो दुरीको यात्रा पनि नगर्दा वेश हुनेछ । स्वास्थ्यमा प्रतिकुल असर र आर्थिक व्यय हुने संभावना बढी छ । अध्ययन अध्यापनको काममा बाधा उत्पन्न हुनसक्छ । तपाईले विश्वास गरेको मित्रबाट तपाईलाई धोका हुनसक्छ । आफन्तजनसँग भैरभाव हुनसक्छ । त्यसैले आजको दिन मौन रहनु नैं शुभ हुनेछ ।

    कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

    दाम्पत्य जीवनमा सुख, समृद्धि हुने योजना बन्न सक्छ । मंगलवारका दिन कुनै नयाँ काम शुरुवात र मान सम्मान समेत मिल्नेछ । तपाईले गरेको कामको मान सम्मान र व्यबसायमा समेत सोचेभन्दा बढी फाइदा हुनेछ । आजको दिन तपाईले केही कन्याहरुलाई फलफूल उपहार दिनुभयो भने तपाईको मनमा प्रशन्नता छाउनेछ ।

    तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

    समय अनुकुल देखिएको छ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । चन्द्रमाको साथ रहेकाले आजको दिन तपाईको सोचअनुसार काम गर्दा सफलता मिल्नेछ । आज विहान सूर्योदयको दर्शन गरेर काम गर्दा दिन सफल हुनेछ । आर्थिक लाभ र मानसम्मान समेत प्राप्त हुनेछ योग रहेको छ । आकस्मिक धनलाभ हुनेछ ।

    वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

    ब्यापार ब्याबसायबाट लाभ हुने देखिन्छ । घरबाट बाहिर निस्कदा जेष्ठ र श्रेष्ठ ब्यक्तिलाई जानकारी दिएर मात्र काममा निस्कनु भयो भने आजको दिन तपाईको कार्य सफलता मिल्नेछ । आफन्त र मित्रजनहरुले भेटघाट र भोजनका लागि अनुरोध समेत गर्नेछन् । सरकारी काममा अवरोध आएको छ भने आजको दिन जानु भएमा काम छिटो हुनसक्छ ।

    धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

    आज तपाईले गरिरहनु भएको काममा सफलता मिल्नेछ । तपाईलाई साथ सहयोग दिने कुनै एकजना मित्र र आफन्तलाई भेट गर्नुभयो भने तपाईलाई सकारात्मक उर्जा भरिने छ । आजको दिन नजिकको मठ मन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनु राम्रो मानिन्छ । कुमारी कन्यालाई भोजन र बस्त्र दिनु उत्तम हुनेछ ।

    मकर भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

    मकर राशिका जातकले आजको दिन अध्यात्मिक कार्य गर्दा मनमा प्रसन्नता छाउने छ । तपाईले आज आफ्नो बसोबास भएके स्थानमा रहेको मठ मन्दिर वा शिव, विष्णु वा देवीको मन्दिरको दर्शन गर्दा तपाईले उत्साह प्राप्त गर्नसक्नुहुन्छ । आजको दिन हुनमानको दर्शन र हुनमान चालिसा पाठ गर्ने वा सुन्ने मात्रले पनि तपाईलाई उर्जा थप हुनेछ ।

    कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

    आजको दिन अनुकुल देखिदैन । स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूवै तयारी गर्नुहोला । आकस्मिक समस्या र मनमा अशान्त छाउने छ । तपाईले सोचअनुसारको काममा कठिनाई हुनेछ । यदी व्यापार ब्याबसायमा हुनुहुन्छ भने धैर्यपूर्वक कार्य गर्नुहोला । आर्थिक हानी समेत हुनसक्छ । बालकलाई भोजन गराउनु भएकामा मनमा शान्ति मिल्नेछ ।

    मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

    दाम्पत्य जीवनमा सुख प्राप्तिका लागि परिवारका सदस्यहरुसँग सम्बन्ध विस्तार हुनेछ । आकस्मिक धनलाभ व्यापार ब्यबसायबाट नसोचेको फाइदा मिल्नेछ । सामाजिक काममा समय खर्च हुनेछ । सिर्जनात्मक कार्यमा समय दिनुहोला । मीन राशिका जातकले मंगलबारको दिन कुनै नयाँ काम शुरु गर्दा सफलता मिल्नेछ । आजको दिन शैक्षिक कार्यको शुरुवात गर्न सकिन्छ । आजको दिन नियमित कार्यबाट नयाँ कामको शुरुवात नगर्नु उत्तम हुनेछ ।

    पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय बन्दै गएका छन् । पुर्व मेची देखी पश्चिम महाकालीसम्म नेपाली दोहोरी गित पछिल्लो समय निकै रुचाईएको छ । यसै क्रममा नेपाली गायन क्षेत्रको यात्रामा सबैले रुचाईएको लोकप्रिय नाम हो सुमन परियार ।

     

    विगत डेढ दशक भन्दा लामो समय देखी संगित यात्रामा निरन्तर अघि वढेका परियार पछिल्लो समय निकै व्यस्त गायक एवम् कलाकारको रुपमा परिचित छन् । गित गाऊन देखी सिर्जना गर्नसम्म एवम् अभिनय देखी फिचरिङ्ग सम्म निकै व्यस्त देखिने परियार पछिल्लो समय लाईभ दोहोरीमा तारा बनेर चिनिएका छन् । अपार दर्शक स्रोताहरुको माया र समर्थनले परियार सधै लोकप्रिय नै छन् । 

    गोरखा जिल्ला जन्मभुमी भई काठमाडौ कर्मभुमि वनाएर परियारले २०६४ सालदेखी आफ्नो ऒपचारिक सांगितिक यात्रा सुरु गरेका थिए । 'ऋण लागेनि दिन नलागोस् कहिले' गितबाट आफ्नो गायन यात्रा सुरुवात गरेका परियारले आजसम्म झण्डै दुईसय भन्दा धेरै गितहरुमा आवाज भरिसकेका छन् भने सयौं गितमा अभिनय संगै डान्सिङ्ग फिचर गरेका छन् । देवि घर्ति संग गाएको 'मेरो त भाग्य पनि कस्तो' गितबाट सुमनको सांगितिक करियर निकै व्यस्त वन्न थाल्यो । त्यसपछी क्रमश 'नरोऊ नरोऊ नभन', 'चाहे झै तिमलाई माया सकिन कि दिन' देखी 'रानी हजुर'सम्म परियारकै आवाज सजिएको छ ।

    सानै उमेर देखी गित संगितका पारखी बनेका परियार बच्चै देखी गित गुनगुनाऊने गर्थे । विद्यालयमा हुने विभिन्न प्रतियोगितामा पनि परियारको उत्तिकै सहभागिता हुन्थ्यौ भने कति प्रतियोगिताहरुमा त उनी प्रथम स्थान हासिल गर्न समेत सफल भएका थिए । गीत गाउन भनेपछि हुरुक्कै हुने सुमन परियारलाई स्टेजमा चढेर गीत गाउने छुट्टै रहर जागेको थियो । हजारौं दर्शक स्रोताहरुको अगाडी बसेर आफ्नो प्रस्तुति दिने रहर भने सुमनकाे मनमा रहिरहन्थ्यो । भाग्यले भनौ या संयोगले गाउँघरमा हुने विभिन्न मेला, महोत्सव एवं कार्यक्रमहरुमा उनको सहभागीता रहि स्टेज चढेर मिठा मिठा गीत गाएर धेरै दर्शक श्रोताहरूको मन जित्न सफल भएका थिए । उनी सानै देखी लोक लयको सांगीतिक रसले भरिएका मौलिक गीतहरूमा निकै रमाऊने गर्थे । अझ रमाईलो कुरा त परियार गाउँघरमा हुने पुजाआजामा रोधी बसेर रातभरि दोहोरी गाऊने गर्थे । गितसंगित प्रतिको त्यही माया र मोहले होला सायद परियार पछिल्लो समय सफल गायक बनेर चिनिएका छन् !

    कहिले हासो कहिले रोदन, कहिले मिलन कहिले विछोड अनि कहिले मायाप्रेम त कहिले सामाजिक घटनाका विषयवस्तुलाई गितिमाध्यमबाट छर्लङ्ग पार्ने परियारले देशका विभिन्न मेला महोत्सवमा आफ्नो प्रस्तुति दिइसकेका छन् भने उनले  ३ महिना जापानमा गएर समेत आफ्नो सांगितिक कार्यक्रम प्रस्तुत गरिसकेका छन् ।

    विदेशबाट पनि परियारको राम्रो माग भएकाले अब उनी कार्यक्रमका लागि छिट्टै विदेश जाने तयारीमा पनि छन् । ४्/५ वर्ष सांगितिक क्षेत्रबाट टाढिए पनि पछिल्लो समय सुमन परियार लाईभ दोहोरी मार्फत फेरी उदाएका छन् उनले छोटो समयमै पाँच सयभन्दा धेरै दोहोरी गाईसेका छन् । उनले कुनै दिन १० वटा सम्म लाईभ दोहोरी गाएको रेकर्ड छ । फेसबुक, युटुव देखि टिकटक सम्म परियारले गाएका शब्दहरुको चर्चा परिचर्चा हुने गर्छ, सामाजिक सञ्जालमा पछिल्लो समय उनकै आवाज गुन्जिरहेका छन् ।

    गायन पेशामा निकै व्यस्त बनेका परियारका धेरै दर्शक श्रोताहरु, फ्यानहरु अव सुमनको कस्तो गित आऊला भनेर प्रतिक्षा गरिरहेका हुन्छन्  । गाउनमा जस्तै नाच्नमा पनि उत्तिकै अब्बल छन् सुमन । लाइभ दोहोरीमा निकै व्यस्त बनेका परियार पछिल्लो समय म्युजिक भिडियो छांयाकन संगै अफिसियल गितहरुमा पनि उत्तिकै व्यस्त बनिरहेका छन् ।

     बाँकि हेर्नुस् तलकाे भिडियो रिपोर्ट :-

    पछिल्लो नेपाली सांगितिक बजार यतिबेला संगितमय वन्दै गएको छ ।लोक तथा दोहोरी गीत संगीत क्षेत्रको फाटमा पछिल्लो समय एकाएक गीतहरुले पाइला अगाडी बढाईराखेका छन्।
    यसै विच गायक तथा सर्जक निश्चल दवाडी र गायिका शान्ति श्री परियारको आवाजमा रहेको “सोल्टी बजार” बोलको गीत दवाडीकै युटुब च्यानल बाट विश्वभर सार्वजनिक भएको छ।
    गीतमा निश्चल दवाडीको शब्द तथा लय रहेको छ । गीतका शब्दमा मिठासपन देखिएको छ। गीत टिकटक देखि युटुसम्म चर्चा पाईसकेको छ।


    दवाडीको शब्द भित्र सुरज लामिछानेको लयमा हालसालै बसन्त थापा र शान्ति श्री परियारको स्वरमा रहेको “भिरमौरी” गीतले निकै चर्चामा पाएको हो।

    गीतमा भने उस्तै मिठो आवाज सजिएर बजारमा आएको छ। केही फरक किसिमको गीत बनेको छ उस्तै मिठो आवाजसंगै दर्शक श्रोताले रुचाउन थालेका छन्। भिडियोमा सुनिल क्षेत्री लोमस शर्मा निक्स शर्मा शिशिर पौडेल रजनी गुरुडंको अभिनय रहेको छ भने भिडियोलाइ सुनिल क्षेत्रीले निर्देशन गरेका हुन्।


    पुरा भिडियो हेर्नुहोस्ः

    काठमाडौं– गायिका अमृता लामिछानेको प्रस्तुति तथा दि डिभाइन म्युजिक र नेप्सिनेको सहकार्यमा निर्मित म्युजिक भिडियो ‘पाटको नेती, काठैको मदानी’ सार्वजनिक गरिएको छ। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उक्त भिडियो सार्वजनिक गरिएको हो।

     
    दिनेशराज पुरीको शब्द रचना रहेको यस गीतमा अर्जुन पोखरेलले स्वर तथा संगीत दिएका छन् भने उनको साथमा गायिका अमृता लामिछानेको स्वर रहेको छ। विधान कार्की निर्देशित भिडियोमा कलाकारहरु चक्र बम, उषा उप्रेती, सुधिर श्रेष्ठ,  बिना राउतलगायतले अभिनय गरेका छन्।

    गीत सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्दै गायक तथा संगीतकार पोखरेलले निर्देशक कार्कीले बनाएका यसअघिका ‘नबोली नबोली’ लगायतका अन्य गीतहरु सुपरहिट रहिसकेको स्मरण गर्दै यो गीतले पनि त्यस्तै सफलता पाउने विश्वास व्यक्त गरे। उनले गायिका लामिछानेसंगै आफुले गएको गीत श्रोता, दर्शकहरुले रुचाउने आशा व्यक्त गरे।

    भिडियो निर्देशक कार्कीले दशैँको शुभकामना स्वरुप यो गीत सार्वजनिक गरेको बताए। यसपटकको विजया दशमी ‘पाटको नेती काठैको मदानी’ गीतले उल्लासमय बनाउने विश्वास उनले लिए। कार्यक्रममा बोल्दै कलाकारहरुले संसारभरि रहेका सबै नेपालीलाई दशैंको शुभकामना व्यक्त गरेका थिए।

     
    भिडियोका कोरियोग्राफर दिपक एम. सिंह हुन् भने अशिम रानाभाटको कस्ट्युम डिजाईन र दिपेन गौतमको प्रोडक्शन डिजाईन रहेको छ। दिपेन्द्र कार्की पिआर म्यानेजर रहेका छन् भने मनिषा पोखरेल कला निर्देशक हुन्। भिडियोमा केशव पाण्डेको स्टिल फोटोग्राफी, हरि हुमागाईंको छायांकन र  विकास दाहालको सम्पादन रहेको छ।

    भिडिओ हेर्नुस्ः

    यो पनि :
     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij