मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि भएका जातकका लागि हरेक मंगलबार मनमा प्रसन्नता छाउने छ । विजय प्राप्त हुनेछ । व्यापार व्यवसायबाट पनि लाभ मिल्नेछ । दैनिक उपभोगबाहेक विलासिताको सामान खरिद नगर्नुहोला ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) अध्ययन अनुसन्धानमा रुचि बढ्ने छ । अध्यात्मशास्त्रका पुस्तक खरिद गर्दा अध्ययनमा रुचि बढ्नसक्छ । यात्रा गर्न खोज्नु भएको छ भने कष्टकर हुनेछ । यात्रा गर्नैपर्ने छ भने पूर्वदिशातर्फ फर्केर यात्रा शरुवात गर्नुहोला ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) मिथुन राशिका जातकका लागि आजको दिन निकै शुभ रहेको छ । व्यापार व्यवसायमा रहेका साझेदारसँग फाइदा हुनेछ । आजको दिन काम गर्दा गणेशको आरधना गरेर काम गर्नुभयो भने सफलता मिल्नेछ । आज मिथुन राशिका जातकले नयाँ काम गर्न सक्नुहुनेछ । यात्रा गर्दा पनि सफलता र फलदायी हुनेछ । कसैसँग अनावश्यक विवाद हुने काम नगर्नुहोला । चन्द्रमाको साथ रहेको छ । सूर्योदयको दर्शन गर्र्नुहोला ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ । विगतमा विरोध गर्नेले सम्मानका शब्द प्रयोग गर्नेछन् । आर्थिक कारोबार गर्दा ध्यान दिनुहोला । पारिवारमा साना साना कुरामा विवाद हुनसक्छ । विवाद हुँदा हानी हुनेछ । आजको विवाद हुने काम नगर्नुहोला ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) सिहं राशिका जातकका लागि आजको दिन मौन रहनु हित हुनेछ । घरपरिवार र मित्रसँग अनावश्यक विवाद नगर्नु होला । अध्ययन अध्यापनको काममा बाधा उत्पन्न हुनसक्छ । विश्वास गरेको मित्रबाट दुःख र धोका हुनसक्छ । आजको दिन बिहान गणेश वा हनुमानको मन्दिरको दर्शन गर्नाले उर्जा मिल्नेछ ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) परिवार र दाम्पत्य जीवनमा सुख, समृद्धि हुने छ । मंगलबार नयाँ काम शुरुवात गर्नुहोला । मानसम्मान मिल्न सक्छ । व्यवसायमा समेत सोचेभन्दा बढी फाइदा हुनेछ । आजको दिन उपहार साटाटाट गर्दा फाइदा हुनेछ । बाल र बृद्ध व्यक्तिलाई केही खानेकुरा दिनु उत्तम हुनेछ ।
तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) दिन त्यति अनुकुल देखिदैन । अनावश्यक यात्रा र अनावश्यक खर्च व्ययभार बढ्ने छ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । सोचअनुसार काम नहुँदा मनमा अनेक चिन्ता छाउने छ ।आजको दिन सकारात्मक सोच राख्नुहोला । यात्रा गर्न खोज्नु भएको छ भने त्यति फलदायी हुने छैन ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) व्यापार व्यवसायबाट लाभ हुने देखिन्छ । आजको दिन मित्रसँग भेट गर्दा लाभकारी कार्ययोजना बन्नेछन् । सरकारी काममा अवरोध आएको छ भने आजको दिन जानु भएमा काम छिटो हुनसक्छ । परिवारका सदस्यसँग र आफन्तसँग विवाद हुनसक्छ । त्यसैले सोचविचार गरेर काम गर्नुहोला ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) तपाईंलाई साथ सहयोग दिने कुनै एक जना मित्र र आफन्तलाई आजको दिन भेट गर्नुभयो भने सकारात्मक उर्जा प्राप्त हुनेछ । आज चन्द्रमाको साथ रहेकोले सोचेअनुसार काम हुनेछ । अध्ययन अध्यापन, लेखनमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा आजको सफलता मिल्नेछ । अप्ठाराका समाधानका बाटा खुल्दै जानेछ ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) मकर राशिका जातकले आजको दिन अध्यात्मिक कार्य गर्दा मनमा प्रसन्नता छाउने छ । आफ्नो बसोबास भएको स्थानमा रहेको मठमन्दिर दर्शन गर्दा उत्साह प्राप्त गर्नसक्नुहुन्छ । मकर राशिका जातकले हरेक साता मंगलबार गणेश मन्दिरमा दर्शन गर्नाले ग्रहदोष कम हुँदै जानेछ ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) व्यापार व्यववसायमा हुनुहुन्छ भने धैर्यपूर्वक कार्य गर्नुहोला । आजको दिन बालकलाई भोजन गराउनु भएमा मनमा शान्ति मिल्नेछ । आर्थिक कारोबारमा समस्या हुनसक्छ । आजको दिन विवाद नगरी नियमित काम बाहेक नयाँ काम गर्नुभन्दा पहिले सोच विचार गरेर मात्र गर्नु वेश हुनेछ ।
मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) मीन राशिका जातका लागि मंगलबार बिहान उठेर सूर्योदयको दर्शन र नजिकैको गणेश मन्दिरको दर्शन गरेर काम गर्दा सफलता प्राप्त हुन्छ । अध्ययन अध्यापनको क्षेत्रमा सोचेभन्दा बढी सफलता मिल्नेछ । सेवामूलक काम गर्नुभयो भने समाजबाट मानसम्मान मिल्नेछ ।
काठमाडौं– गायिका अमृता लामिछानेको प्रस्तुति तथा दि डिभाइन म्युजिक र नेप्सिनेको सहकार्यमा निर्मित म्युजिक भिडियो ‘पाटको नेती, काठैको मदानी’ सार्वजनिक गरिएको छ। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उक्त भिडियो सार्वजनिक गरिएको हो।
दिनेशराज पुरीको शब्द रचना रहेको यस गीतमा अर्जुन पोखरेलले स्वर तथा संगीत दिएका छन् भने उनको साथमा गायिका अमृता लामिछानेको स्वर रहेको छ। विधान कार्की निर्देशित भिडियोमा कलाकारहरु चक्र बम, उषा उप्रेती, सुधिर श्रेष्ठ, बिना राउतलगायतले अभिनय गरेका छन्।
गीत सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्दै गायक तथा संगीतकार पोखरेलले निर्देशक कार्कीले बनाएका यसअघिका ‘नबोली नबोली’ लगायतका अन्य गीतहरु सुपरहिट रहिसकेको स्मरण गर्दै यो गीतले पनि त्यस्तै सफलता पाउने विश्वास व्यक्त गरे। उनले गायिका लामिछानेसंगै आफुले गएको गीत श्रोता, दर्शकहरुले रुचाउने आशा व्यक्त गरे।
भिडियो निर्देशक कार्कीले दशैँको शुभकामना स्वरुप यो गीत सार्वजनिक गरेको बताए। यसपटकको विजया दशमी ‘पाटको नेती काठैको मदानी’ गीतले उल्लासमय बनाउने विश्वास उनले लिए। कार्यक्रममा बोल्दै कलाकारहरुले संसारभरि रहेका सबै नेपालीलाई दशैंको शुभकामना व्यक्त गरेका थिए।
भिडियोका कोरियोग्राफर दिपक एम. सिंह हुन् भने अशिम रानाभाटको कस्ट्युम डिजाईन र दिपेन गौतमको प्रोडक्शन डिजाईन रहेको छ। दिपेन्द्र कार्की पिआर म्यानेजर रहेका छन् भने मनिषा पोखरेल कला निर्देशक हुन्। भिडियोमा केशव पाण्डेको स्टिल फोटोग्राफी, हरि हुमागाईंको छायांकन र विकास दाहालको सम्पादन रहेको छ।