Sunday, Nov 01 2026 आइतवार, कार्तिक १६ गते २०८३

Logo

Sunday, Nov 01 2026 आइतवार, कार्तिक १६ गते २०८३

वसन्त विश्वकर्माको अध्यक्षतामा उपत्यका समन्वय समिति लाजिम्पाटको नयाँ कार्यसमिति चयन

वसन्त विश्वकर्माको अध्यक्षतामा उपत्यका समन्वय समिति लाजिम्पाटको नयाँ कार्यसमिति चयन

  • भाद्र २९, २०७९ बुधवार
  • १३:२७:५२ बजे
  • 1.5K
    SHARES
  • वसन्त विश्वकर्माको अध्यक्षतामा उपत्यका समन्वय समिति लाजिम्पाटको नयाँ कार्यसमिति चयन

    काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय लाजिम्पाट समितिको अध्यक्ष पदमा वसन्त विश्वकर्मा चयन भएका छन् ।

    चौथो साधरण सभा तथा दोस्रो अधिबेशनबाट वसन्त विश्वकर्मा निर्विरोध निर्वाचित भएका हुन् ।

    त्यस्तै प्रथम उपाध्यक्ष प्रितम पोखरेल, द्धितिय उपाध्यक्ष सुमन थापा मगर, महिला उपाध्यक्ष सपना रोका, सचिव सबिन आचार्य, कोषाध्यक्ष टेजराज भण्डारी, सह सचिव वसन्त राज बि.क. चुनिएका छन् ।

    त्यस्तै सह कोषाध्यक्ष श्याम बुर्लाकोटी, सदस्यहरु यज्ञ बि.क., सुनिल परियार, मिना बुढाथोकी, गरिमा राम्जाली, सलिना नेपाली, दिपिका बयम्बु मगर, जीवन सिग्देल, चिज गुरुङ्ग, कृष्ण ब.बिस्वकर्मा, आरती खड्का, प्रमिला तामाङ्ग , रेनुका भट्टराई , पुनम सुनार, सुनिल बि.सि., अनिल सुनार, प्रकाश जि।सी। निर्वाचित भएका छन् ।

    सो कार्यक्रममा प्रकाश पराजुलीको अध्यक्षता रहेको थियो भने केन्द्रिय बरिष्ठ उपाध्यक्ष एबं कार्यवाहक अध्यक्ष रिता थापाको प्रमुख आतिथ्यता रहेको थियो ।

    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय लाजिम्पाट समितिको चौथो साधरण सभा तथा दोस्रो अधिबेशनमा केन्द्रिय प्रतिनिधी, उपत्यका समन्वय समितीका प्रतिनिधी र आठ वटै समितीको प्रनिधीहरुको उपस्थिती रहेको थियो ।

  • सम्बन्धित विषय:

  • # वसन्त विश्वकर्मा

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij