Friday, Oct 30 2026 शुक्रवार, कार्तिक १४ गते २०८३

Logo

Friday, Oct 30 2026 शुक्रवार, कार्तिक १४ गते २०८३

पुजा देवकोटा र लोकेश गोराल (लाउरे)को आवाजमा ‘मेरो सानु’ बजारमा

पुजा देवकोटा र लोकेश गोराल (लाउरे)को आवाजमा ‘मेरो सानु’ बजारमा

  • भाद्र २७, २०७९ सोमवार
  • १९:०९:५४ बजे
  • 1.4K
    SHARES
  • पुजा देवकोटा र लोकेश गोराल (लाउरे)को आवाजमा ‘मेरो सानु’ बजारमा

    पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ । लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । यसै विच पछिल्लो समय निकै चर्चा परिचर्चा बटुल्न सफल गायक तथा सर्जक हुन लोकेश गोराल (लाउरे)  लाउरेको नयाँ गीत ‘मेरो सानु’ लोकेश गोराल(लाउरे) अफिसियल  युट्युवमार्फत सार्वजनिक भएको छ ।

    गीतमा उनीसंगै चर्चित बाल गायिका पुजा देवकोटाको आवज रहेको छ । गीतमा गायक लाउरेले कै शब्द र संगीत रहेको छ । भिडियोमा जीत रावल,प्रियंका कुँवर र नबिन भट्टले अभिनय गरेका छन् भने भिडियोलाई रमेश बिजुली बि.सीले निर्देशन गरेका छन् ।

    गीत माया र प्रेममा आधारित छ । भिडियोमा प्रेमीकालाई धेरै माया गरे पनि गरिबी र आर्थिक आवस्थामा कारण माया पनि पाउन नसकेको । पैसामा र आर्थिक प्रलोभनमा प्रेमिका पनि प्रेमीलाई छाडेर अर्कै संग गएको भिडियोमा देखिएको छ । भिडियो धेरै राम्रो बनेको छ । अलि सम्पादनमा कम्जोर देखिए पनि गीत संगीतले गर्दा गीत समंग्रहमा राम्रो बनेको छ ।

    उनी पछिल्लो समय लोकदोहोरी, देउडा र कबितामा जमेका गायक हुन् । कर्णालीमा जन्मेका गायक लाउरे देउडा र लोकदोहोरीसहित पप र र्यापमा पनि उतिकै अबल रहेका छन् । “हुने बिरुवाको चिल्लो पात भने झैँ ” सानैदेखि पढाई भन्दा गीत संगीतमा रमाउने लाउरे अहिले विदेशमा रहेका का छन् । आर्थिकका कारण नेपालमा आफ्नो सपना पुरा नगरेका लाउरे हाल विदेशमा रहेर आफ्नो सपना र रहर पुरा गरेका छन् ।

    गायक भन्छन गीत राम्रो बनेको छ । अहिलेका युवाहरुको माया प्रेममा रहेर गीत प्रस्तुत गरिएको छ । अहिले माया प्रेम भन्दा पैसा र स्वार्थमा बिक्नेमा भिडियो बनाएको गायक लाउरेले बताएका छन् । साथै, आफु संसारको जुनसुकै कुनामा भए पनि नेपाली गीत संगीतको लागि सधै कलम चलाई रहने छु । गीत राम्रो बनाउने प्रयास गरेको छ । हेरर प्रतिक्रिया दिनु होला । आउने गीतमा सुधार्ने प्रयास गर्ने छु।

    गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक भिडियो :

    यो पनिः


      

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij