Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

Logo

Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

दोहोरि गायिका दिलमाया सुनारले संसार छाडेपछी घरबेटी दाई मिडियामा, श्रीमानकै कारण यस्तो भएको खुलासा

दोहोरि गायिका दिलमाया सुनारले संसार छाडेपछी घरबेटी दाई मिडियामा, श्रीमानकै कारण यस्तो भएको खुलासा

  • आषाढ १२, २०७९ आइतवार
  • ०७:०४:५१ बजे
  • 2.4K
    SHARES
  • दोहोरि गायिका दिलमाया सुनारले संसार छाडेपछी घरबेटी दाई मिडियामा, श्रीमानकै कारण यस्तो भएको खुलासा

    काठमाडौँ । लोकदोहोरी गायिका दिलमाया सुनार मृत्यु प्रकरणले नयाँ रूप लिएको छ । शनिवार बिहान काठमाडौँको बानियाटार स्थित डेरामा सुनार मृत भेटिएकी थिइन् । उनको सामाजिक सञ्जालमा सुसाइड नोट समेत भेटिएको छ । तर, घाँटीको नीलडाम र घटनास्थलको प्रकृति हेर्दा उनको हत्या हुन सक्ने प्रहरीले आशङ्का गरेको छ ।

    सुर्खेत माला रानी स्थायी घर भएकी सुनार एक दशकदेखि लोकदोहोरी गायनमा सक्रिय थिइन् । करिब ३० वर्षीया गायिका सुनारको मृत्यु प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा सूर्य श्रेष्ठ रहेका छन् । श्रेष्ठ गायिका सुनारको प्रेमी भएको बताइएको छ। उनलाई अहिले हनुमानढोकामा राखेर प्रहरीले अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार श्रेष्ठ शनिवार बिहान २ बजे मृतक सुनारको डेरामा गएका थिए ।

    घटना रहस्यमय भएको भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको गायिका टिका पुनले जानकारी दिइन् । त्यस्तै, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका उप – महासचिव शिव हमालले सत्य तथ्य तत्काल बाहिर ल्याउन आग्रह गरेको जानकारी दिए । उदयमान गायिका सुनारको मृत्यु प्रकरणले लोकदोहोरी क्षेत्र स्तब्ध बनेको छ ।

    सुुनारकै घरबेटीसंग गरिएको यो बिशेष कुराकानी हेर्नुहोस्ः

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij