केपि कुमार जलन" बागलुङ : कतिपय प्रेम सम्बन्ध स्वार्थका हुन्छन् स्वार्थ पुर्ति भएपछि बिछाेड हुन्छ , कतिपय प्रेम सम्बन्ध केटाकेटी पनका कच्चा हुन्छन् ती पनि टिक्न सक्दैनन् कतिपय छलछाम गरेर प्रेम सम्बन्ध जाेड्छन् र यथार्थ थाहा भएपछि बिछाेड हुन्छ ।
कुनै युवा युवती वास्तवमा एकआपसमा साँच्चिकै प्रेम गर्दछन् र त्याे प्रेममा कहिं कतैबाट अवराेध भएर नचाहेको अवस्थामा छुट्नु पर्याे भने निराशा तनाव पागल जस्तै हुने र आत्महत्या सम्मकाे परिस्थिति शिर्जना भएको देखिन्छ ,यस्तै यस्तै पीडा बाेकेकाे गित भर्खर मात्रमा नया बर्षाकाे अबसरमा गायिका बिमला परियारले कति रूम्ला म बजारमा लियर आएकि छिन , माया प्रेमकाे एक अन्तरंग लाई टपक्क टिपेर गितकाे शब्द चर्चित गायक राजु परियारले लेखेका छन भने संगित ईन्द्र जिसिले भरेका छन ।
गायिका बिमला परियार र रेशम निर्दाेशकाे सुमधुर आबाजमा रहेकाे म्युजिक भिडियाेमा गायिका बिमला परियार र सुमन परियारकाे अभिनय रहेकाे छ । हुम गैरेकाे निर्देशन राम केसिकाे छाँयाङकनमा रहेकाे म्युजिक भिडियाे टि टाईम म्युजिक अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिएकाे छ ।