Sunday, Nov 01 2026 आइतवार, कार्तिक १६ गते २०८३

Logo

Sunday, Nov 01 2026 आइतवार, कार्तिक १६ गते २०८३

कुशल बेल्वासे र पुर्णकला विसीले गाएको मार्मिक दोहोरी गित चर्चामा (भिडियोसहित)

कुशल बेल्वासे र पुर्णकला विसीले गाएको मार्मिक दोहोरी गित चर्चामा (भिडियोसहित)

  • माघ २७, २०७८ बिहिवार
  • १७:३९:५७ बजे
  • 660
    SHARES
  • कुशल बेल्वासे र पुर्णकला विसीले गाएको मार्मिक दोहोरी गित चर्चामा (भिडियोसहित)

    काठमाडौं- नेपाली गीत संगीतले मानिसलाई मनोरञ्जन दिने काम गर्छ तर कुनै – कुनै गीत भने यस्ता हुन्छन् की जो मानिसको वास्तविक जीवनसँग पनि जोडिएका हुन्छन् । यस्तै एउटा लोक दोहोरी गीत यतिबेला बजारमा आएको छ। ”

    बाल्यकाल ” बोलको उक्त गीतले साँच्चैकै बालापनको याद दिलाउँछ ,गीतमा प्रयोग भएका हेरक शब्दले चसक्क मुटु घोच्छन् जस्तै ” चौतारीको वर पिपल लहराले जेल्नी, त्यही लहरा समाउँदै हाम्ले पिङ खेल्नी ” हाम्ले बाल्यकालै मा … चन्द्रमालाई हेरिन्थ्यो पानी राखी थालैं मा” जसरी यो गीतले भनेको छ त्यसरीनै बालापनमा तपाईं हामी मध्य धेरै जनाले चन्द्रमालाई यसरी हेर्ने गर्थिउँ जुन अहिले यो गीतले स्मरण गराएको छ।

    यो गीत ईश्वरी अर्यालले शब्द रचना गरेकी हुन्, उनी लामो समय देखि परदेशी भूमि जापानमा बस्दै आएकी छिन् , विरोनो मुलुकमा सात समुन्द्र पारी बसेर पनि उनी बेलाबेलामा यस्तै निकै समधुर गीतहरू बजारमा ल्याउने गरेकी छिन् । यो गीतमा अहिलेका निकै लोकप्रिय गायक कुशल बेल्वासेले र गायिका पूर्णकला बिसीले स्वर दिएका छन् भने संगीत प्रिया कुमारको रहेको छ ।

    गीतको भिडियोमा ओवि रायमाझी र अञ्जली अधिकारीको मुख्य अभिनय रहेको छ भने बाल कलाकार आयुषा गौतम र विशाल मल्ल रहेका छन भने भिडियो निर्देशन विनोद भण्डारीको रहेको छ। हेरौं उक्त भिडियो

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij