Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

Logo

Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

शान्ति श्री परियार, टिका सानु र प्रदिप त्रिपाठीको मार्मिक दोहोरी गित सार्वजनिक (भिडियोसहित)

शान्ति श्री परियार, टिका सानु र प्रदिप त्रिपाठीको मार्मिक दोहोरी गित सार्वजनिक (भिडियोसहित)

  • माघ ६, २०७८ बिहिवार
  • ११:३०:४९ बजे
  • 824
    SHARES
  • शान्ति श्री परियार, टिका सानु र प्रदिप त्रिपाठीको मार्मिक दोहोरी गित सार्वजनिक (भिडियोसहित)

      पछिल्लो समयको सांगितिक बजारमा नेपाली  लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् । 

    लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् । 

    नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसैविच चर्चित दोहोरी गायक प्रदिप त्रिपाठीको आवाजमा रहेको नया दोहोरी गित 'बाचे आऊला फर्केर' सार्वजनिक भएको छ ।  

    पछिल्लो समय अत्यन्तै चर्चामा रहेकी दोहोरी गायिका टिका सानुको उत्कृष्ट शब्द सृर्जना रहेको गितमा गायक प्रदिप त्रिपाठी र पछिल्लो समयकी लोकप्रिय गायिका शान्ति श्री परियारको आवाजमा सजिएको छ । गायक त्रिपाठीको लय रचना रहेको गितमा संजिव न्यौपाने 'समर'को थेगो संकलन रहेको छ । घरमा बस्दा आभावै आभाव परदेशी हुदा सबैको दवावै दवावमा बाच्नुपर्ने यथार्थ कहानी गितमा दर्शाईएको छ । 

    कपिल लामाको निकै उत्कृष्ट निर्देशनमा तयार पारिएको गितको म्युजिक भिडियोमा संजिव न्यौपाने'समर'  , साया भण्डारीको मनछुने अभिनय रहेको छ  । समर कृयशनको प्रस्तुतिमा रहेको गितको म्युजिक भिडियोमा विपिन चौलागाईको छांयाकन एवम् शिव पौडेलको सम्पादन रहेको छ । भिडियो अत्यन्तै मार्मिक बनेको छ, गितका प्रत्येक शब्दले मन पोल्छ, भिडियोका प्रत्येक सिनले निकै भावुक वनाऊछ ।

    उक्त गितको म्युजिक भिडियो Sanjeev Neupane को अफिसियल युटुव च्यानलबाट बजारमा पठाईएको छ । गित सार्वजनिक भएको छोटो समयमा नै युटुवमा निकै राम्रो राम्रो प्रतिकृया आएको गायकले बताऊनु भएको छ । 

    गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक  भिडियो :

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij