Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

Logo

Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

मन्त्री रामकुमारी झाँक्री वीर अस्पताल भर्ना, के भयो ?

मन्त्री रामकुमारी झाँक्री वीर अस्पताल भर्ना, के भयो ?

  • कार्तिक ११, २०७८ बिहिवार
  • २२:५२:०१ बजे
  • 236
    SHARES
  • मन्त्री रामकुमारी झाँक्री वीर अस्पताल भर्ना, के भयो ?

    शहरी विकास मन्त्री रामकुमारी झाँक्री अस्पताल भर्ना भएकी छिन्। केही दिनदेखि अस्वस्थ उनी वीर अस्पतालमा भर्ना भएकी हुन्। 

    उनको सचिवायले यसबारे जानकारी गराएको छ। निमोनियाको लक्षण देखिएपछि आज विहान वीर अस्पतालमा भर्ना गरिएको उनको सचिवालयले जानकारी दिएको छ। 

    यो पनि – प्रधानन्यायाधीश प्रकरणमा माधव नेपालले भने, ‘यो सब केपी ओलीले बिगारेको हो’। 

    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संसद पुनःस्थापनाको फैसला गर्ने न्यायाधीशहरुले राजीनामा दिनुपर्छ भन्ने कुरा नाजायज र अनुचित भएको बताएका छन् ।

    न्यायाधीशहरुले राजीनामा दिनुपर्छ भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति प्रणालीलाई भत्काउने प्रवृत्तिको उपज भएको पनि उनले बताए । समाजवादी प्रेस संगठनले आज कैलालीको धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालले न्यायपालिकालाई स्वतन्त्र ढंगले काम गर्न दिनुपर्ने बताए ।

    प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामाको आवाज उठिरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद पुनःस्थापनाको आदेश दिने सबै न्यायाधीशहरुले राजीनामा दिनुपर्ने अभिव्यक्ति दिएका थिए । 

    त्यसबारे सोधिएको प्रश्नमा नेपालले भने, ‘उहाँले (केपी शर्मा ओली) आफ्नो रिस साँध्नका लागि सबैलाई निकाल्नुपर्छ भन्दै जुन ढंगले भूमिका खेल्नुभएको छ, उहाँको अत्यन्तै अनुचित हस्तक्षेपकारी, देशका सबै सिस्टमलाई भत्काउने प्रवृत्तिकै उपज हो ।’ 

    ऐतिहासिक फैसला गर्ने न्यायाधीशहरुलाई हटाउने कुरा नाजायज र अनुचित बताउँदै नेता नेपालले भने, ‘केपी ओली जीले साराथोक बिगार्नु भाछ । न्यायपालिकालाई अनावश्यक रुपमा लान्छना लगाउने काम गर्दै आउनु भयो । न्यापालिकालाई स्वतन्त्र ढंगले काम गर्न दिनुपर्ने हो ।’

  • सम्बन्धित विषय:

  • # रामकुमारी झाक्री

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij