Thursday, Oct 29 2026 बिहिवार, कार्तिक १३ गते २०८३

Logo

Thursday, Oct 29 2026 बिहिवार, कार्तिक १३ गते २०८३

अनलाइनबाट कसरी काट्ने बसको टिकट हेर्नुहोस् भिडियोसहित

अनलाइनबाट कसरी काट्ने बसको टिकट हेर्नुहोस् भिडियोसहित

  • आश्विन २४, २०७८ आइतवार
  • २१:५१:१७ बजे
  • 1.2K
    SHARES
  • अनलाइनबाट कसरी काट्ने बसको टिकट हेर्नुहोस् भिडियोसहित

    चाँडवाडको समयमा काठमाडौं बाहिर जान चाहनेलाई बसको टिकट पाउन सास्ती हुन्छ। तोकिएकोभन्दा धेरै पैसा लिएर कालोबजारीमा टिकट बेच्नेहरूको पनि कमी छैन। यही समस्या कम गर्न आज हामीले अनलाइनबाट बसको टिकट कसरी काट्ने भनेर सिकाएका छौं। 

    १. यसका लागि हामीले ई-सेवाको एप खोल्नुपर्छ। सम्बन्धित बैंकको केवाइसी विवरण भरिसकेको र खातामा पैसा भएकाहरूले सिधै इ-सेवामा देखिने बस टिकट भन्ने सेवा रोज्न सक्नुहुन्छ।

    २. बस टिकट सेवाभित्र हामीले कुन ठाउँबाट गाडी चढ्ने र कहाँ पुग्ने भनेर भर्नुपर्छ। कहिलेका लागि टिकट चाहिएको भनेर मिति पनि भर्नुपर्छ। उदाहरणका लागि हामीले असोज २४ गतेको लागि काठमाडौंदेखि चितवन जाने बस खोज्यौं।

    ३. सर्च बस अप्सनमा क्लिक गरेपछि सो दिनलाई कुन-कुन बस उपलब्ध छ भनेर सूची देखिन्छ। बसको सुविधा र भाडा दर हेरेर गाडी छनोट गरेपछि सिट छान्न सोही बसको नाममा क्लिक गर्नुहोस्।

    ४. यस भित्र खैरो रङको सिटले बुक भइसकेको र सेतो रङ भएको सिटले खाली सिट रहेको संकेत गर्छ। आफूलाई मनपरेको सिट छानेर बुक नाउ अप्सनमा थिच्नुहोस्।

    ५. अब आफ्नो नाम, फोन नम्बर, इमेल र कुन ठाँउबाट गाडी चढ्दा नजिकै हुन्छ भन्ने सामान्य विवरण भरी कन्टिन्यू बुकिङ (continue booking) गर्नुहोस्।

    ६. अन्तिममा टिकट कन्फर्म गर्न आफ्नो ई-सेवाको एमपीन (MPIN) थिच्नुहोस्। 

    टिकट बुक भइसकेपछि तपाईंलाई इमेल र फोनमा डिजिटल टिकटको प्रतिलिपि आउँछ जुन तपाईंले यात्रा गर्दा बस सञ्चालकलाई देखाउनुपर्ने हुन्छ। 

    यसरी तपाईंले इ-सेवाबाट घरै बसेर सजिलै बसको टिकट काट्न सक्नुहुन्छ।

    हेर्नुहोस् भिडिओमा :

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij