Thursday, Oct 29 2026 बिहिवार, कार्तिक १३ गते २०८३

Logo

Thursday, Oct 29 2026 बिहिवार, कार्तिक १३ गते २०८३

ईन्द्रेणीका बाँसुरी बाधक पावलले बनाए विश्व रेकर्ड, सम्मान स्वरुप १/१ सेयर गरौ !

ईन्द्रेणीका बाँसुरी बाधक पावलले बनाए विश्व रेकर्ड, सम्मान स्वरुप १/१ सेयर गरौ !

  • भाद्र ५, २०७८ शनिवार
  • ००:३२:२६ बजे
  • 1.2K
    SHARES
  • ईन्द्रेणीका बाँसुरी बाधक पावलले बनाए विश्व रेकर्ड, सम्मान स्वरुप १/१ सेयर गरौ !

    काठमाण्डौँ – लोकप्रिय कार्यक्रम ‘इन्द्रेणी’का बाँसुरी बाधक पावल राईले विश्व रेकर्ड कायम गरेका छन् । सोलुखुम्बुको देउसामा जन्मेका उनले विश्वकै अग्लो स्थानमा रेकर्ड गरिएको गीत र छायांकन गरिएको भिडियोको माध्यमबाट आफ्नो नाम गिनिज बुकमा लेखाएका हुन् ।                                      गोक्यो ताल क्षेत्र (४८१३ मिटर)को उचाईमा कलाकारहरुले लाईभ बाजा सहित ‘गोक्यो रि’ गीत लाईभ अडियो र भिडियो छायांकन गरेका हुन् । उक्त प्रोजेक्टमा पावलले लाइभ बाजा बजाएका छन् भने उनी निर्माता समेत हुन् ।                     बाँसुरी बाधक पावल राईसंगै अन्य ४ नेपालीले पनि सोही प्राजेक्टबाट रेकर्ड कायम गरेका छन् । सोलुखुम्बु बासा सन्च खालिङ, सोताङका लक्ष्मण कार्की, सिन्धुपाल्चोकका पुष्कर नेपाल र काभ्रेका राजन खरेलको नाममा रेकर्ड होल्ड भएको छ । यो प्रोजेक्टका अवधारणाकर्ता सन्च खालिङ हुन् । रेकर्ड होल्डरलाई केही हप्तामा प्रमाणपत्र उपलब्ध गराउने गिनिज बुक स्रोतले जनाएको छ ।                                          मिलन किराँतीको गीत, विक्रम राईको संगीतमा वविना किराँतीले स्वर दिएको गीत सोलुखुम्बुमा अवस्थित गोक्यो ताल क्षेत्रमै रेकर्ड गरिएको हो, भने भिडियो छांयांकन पनि सोही ठाउँमा गरिएको हो । गीतको रेकर्ड साउण्ड रेकडिष्ट छिरिङ भोटेले गर्नुभएको हो ।                                      दुलर्भ जन्तरे (सोलुखुम्बु–सोताङ)को निर्देशनमा तयार भएको गीत र भिडियो निर्माणमा हालसम्म करिब २० लाख खर्च भइसकेको निर्माण टिमले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # पावल राई

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij