Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

Logo

Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

कांग्रेस महाधिवेशन

कांग्रेस महाधिवेशनः पालुङटार नगर सभापतिमा ५ जनाको दावी, कसको सम्भावना कति ?

कांग्रेस महाधिवेशनः पालुङटार नगर सभापतिमा ५ जनाको दावी, कसको सम्भावना कति ?

  • आश्विन ८, २०७८ शुक्रवार
  • ००:१०:५१ बजे
  • 1.6K
    SHARES
  • कांग्रेस महाधिवेशनः पालुङटार नगर सभापतिमा ५ जनाको दावी, कसको सम्भावना कति ?

    गोरखा । नेपाली काँग्रेस अहिले १४ औं महाधिवेशनको चरणमा छ । आन्तरिक विवादका कारण पटक पटक कार्य तालिका फेर्दै काँग्रेसले जिल्लादेखि प्रदेश र केन्द्रको महाधिवेशन सारिरहेको छ । 

    छैटौ पटक कार्यतालिका परिवर्तन गरेर २७ गतेको पालिका अधिवेशन सार्दै असोज ९ र असोज १० गतेको जिल्ला अधिवेशन १८ गते पु¥याएको कांग्रेसले त्यो मितिमा समेत कार्यतालिका अनुसार प्रकृया अघि बढाउन नसकी बुधबार साँझ सातौ पटक निर्वाचन तालिका वदल्न बाध्य भयो । जसमा दशैअघि पालिका स्तरको बाहेक अन्य संरचनाका अधिवेशन नहुने उल्लेख छ ।

    बुधबार साँझ पदाधिकारी बैठकको निर्णय सुनाउदै काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भनेका छन् ‘वडा अधिवेशन सकिएका ठाउँमा असोज ९ मा पालिका अधिवेशन हुन्छ, अन्य तहको अधिवेशन निर्वाचन समितिले आवश्यकता अनुसार टुंगो लगाउछ, तर दशैअघि पालिकाबाहेक अरु अधिवेशन गर्न चुनौती छ ।’ 

    पालिका स्तरको बाहेक अन्य तहको अधिवेशन अनिश्चित बनेपछि अहिले काँग्रेस कार्यकर्ता गाउँ/नगरमा मात्रै केन्द्रित बनेका छन् । 

    यता ११ स्थानीय तह रहेको गोरखामा नेपाली काँग्रेसले ९४ वटै वडामा अधिवेशन सक्काइसकेको छ । गत भदाै २७ गते हुने भनिएको पालिका अधिवेशन शनिबार अर्थात असोज ९ गते हुदैछ । गोरखामा २ नगरपालिका र ९ गाउँपालिका छन् । जसमा पालिका सभापति को बन्छ भन्ने बिषय सबैभन्दा बढी चर्चाको बिषय बनेको छ ।

    पालुङटार सभापतिमा पाँच जना आकांक्षी

    पालुङटार राजनीतिक क्षेत्रमा सधै चर्चामा रहने नगर हो । काँग्रेस होस या माओवादी वा जनता समाजवादी सबैको चासोको केन्द्रमा सधै पालुङटार रहने गर्छ । त्यसैका कारण समेत यो पल्ट नेपाली काँग्रेसको नगर नेतृत्व कस्तो आउला भन्ने चासो सबैमा छ । 

    अघिल्लो पटक अर्थात १३ औं अधिवेशनमा पार्टीको नगरसभापति बनेका ई दिपकबाबु कडेंल पछि पालुङटारको मेयर समेत निर्वाचित भए । तर उनि अब भने नगरसभापति दोहो¥याउने पक्षमा देखिदैनन् । तर उनि बाहेक नै हाल पालुङटारमा नगरसभापतिका लागि ५ जनाले दावी गरेका छन् । जसमा विमल ढकाल, अमर धिताल, सरोज देवकोटा, राधा पन्थी थापा र पूर्ण राना मगर हुन् ।

    अघिल्लो निर्वाचन ताका नगरको राजनीतिमा नरहेका ढकाल केहि बर्षअघि सरकारी जागिर छोडेर एक्कासी राजनीतिमा आएका ब्यक्ति हुन । मनोनित नगरसचिव भएर संगठन प्रमुखको जिम्मेवारी समेत सम्हाल्दै आएका उनि सभापतिका प्रमुख दावेदार हुन ।

    ४ बर्षमा पालुङटारमा काँग्रेसको संगठन आफुले बलियो बनाएको तर्क गर्ने ढकाल कार्यकर्ताको रोजाईमा आफु मात्रै रहेको दावी गर्छन् । ‘काँग्रेसको पूर्णकालिन राजनीति गर्न म जागिर छोडेर आएको छु, संगठन बनाएको छु’

    साथै उनले आगामी स्थानीय तहको निर्वाचनमा बहुमत वडासहित नगरमा काँग्रेसलाई विजयी बनाउने योजना आफुसंग रहेको सिभिलखबरलाई बताए ।

    त्यस्तै काँग्रेस संगठनमा लागेकै कारण आफू द्धन्दपिडित समेत बनेको बताउने धितालले समेत यो पल्ट नगर सभापतिमा आफुलाई प्रमुख दावेदारका रुपमा प्रस्तुत गरेका छन् । विधार्थी राजनीतिदेखि नै काँग्रेसको राजनीतिमा सकृय उनि पालुङटारमा संगठन बलियो बनाउने रणनीति आफुसंग भएको दावी गर्छन । 

    ‘२६ बर्षदेखि म पार्टीकाे बिभिन्न संगठनमा छु, मेरो उर्भर उमेर र समय सबै पार्टीलाई सुम्पिए, अब पालुङटारलाई काँग्रेसमय बनाउने मेरो योजना हो’ उनले भने ‘म जे बोल्छु त्यो गरेर देखाउछु, यसमा प्रतिनिधी साथीहरुले मुल्यांकन गर्नुहुन्छ ।’ 

    उनि गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षका उम्मेदवार समेत थिए तर उनले आफुलाई भने निर्वाचित गराउन सकेनन् । 

    सभापतिमा हालका नगरसचिव देवकोटाले समेत दावी गरेका छन् । विधार्थी राजनीतिबाट वडासभापति हुदै १३ औं अधिवेशवनबाट सर्वसम्मत सचिव चुनिएका उनि संगठन चलायमान बनाएर आगामी निर्वाचनसम्म पालुङटारलाई काँग्रेसमय बनाउने योजनामा छन् ।

    ‘म राजनीतिमा नयाँ अनुहार होइन, संगठन कसरी चलायमान बनाउने त्यो योजना मसंग छ’ उनले सिभिलखबरलाई भने ‘अबको चुनावमा वडादेखि नगरसम्म काँग्रेसलाई विजयी बनाउन पनि मैले अबको नेतृत्व लिन जरुरी छ ।’ 

    साथै उनले राजनीतिमा युवाको सहभागिता बढाउदै टोलटोलमा काँग्रेसको संगठन विस्तार आफ्नो पहिलो प्राथमिकतामा परेको बताए । 

    त्यस्तै सभापतिमा पन्थी समेत आकांक्षी छिन् । हालको नगर कमिटीमा सहसचिव रहेकी उनले राजनीतिमा महिला सहभागितालाई सुनिश्चित गर्न आफ्नो उम्मेदवारी रहने बताउछिन् । 

    पालुङटारमा काँग्रेसको आफ्नै भवन बनाएर कार्यालय सञ्चालन गर्ने सपना बोकेकी पन्थी महिलाले समेत नेतृत्व लिन सक्षम छन् भन्ने सन्देश दिनपनि आफु उम्मेदवार बनेको तर्क गर्छिन । 

    ‘के महिला अगाडी बढ्नै नहुने हो ? सधै ‘उप’ वाला पदमा मात्रै बस्नुपर्ने ?’ प्रतिप्रश्न गर्दै उनले भनिन् ‘महिलालाई आधा आकाश भन्छन्, अबको चुनावमा आधा आकाशको सबै भोट काँग्रेसमा खसाल्ने वातावरण बनाउछु ।’

    त्यस्तै सभापतिको उम्मेदवारकै लस्करमा लिगलिगकोटका राना समेत छन् । पार्टीमा गुटको राजनीति हुनबाट जोगाउदै अघि बढ्ने योजनामा आफु रहेको उनको तर्क छ । लिगलिग विकास अभियान्ताका रुपमा समेत चिनिने राना हाल पार्टीको नगर उपसभापति छन् । 

    ‘उपसभापति भएर पाँच बर्ष चलाए, अब सभापति बन्ने पालो मेरै हो’ उनले भने ‘पार्टीमा गुट र उपगुटको राजनीति मौलायो, यसबाट काँग्र्रेसलाई जोगाउन पनि मेरो उम्मेदवारी हो ।’ 

    सबैलाई समेटेर लैजान सक्ने क्षमता आफूमा रहेको दावी गर्दै उनले संगठन सुदृढिकरण आफ्नो प्राथमकितामा रहेको बताए । सिभिलखवरबाट साभारित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij