Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

Logo

Saturday, Oct 31 2026 शनिवार, कार्तिक १५ गते २०८३

किन गुमनाम छिन् विष्णु माझी ? यसाे भन्छन् उनीसँगै काम गरेका खुमन ? भिडियो सहित हेर्नुस

किन गुमनाम छिन् विष्णु माझी ? यसाे भन्छन् उनीसँगै काम गरेका खुमन ? भिडियो सहित हेर्नुस

  • भाद्र ११, २०७८ शुक्रवार
  • २२:३०:४५ बजे
  • 3.9K
    SHARES
  • किन गुमनाम छिन् विष्णु माझी ? यसाे भन्छन् उनीसँगै काम गरेका खुमन ? भिडियो सहित हेर्नुस

    काठमाडौं । लोकप्रिय गायिका विष्णु माझीसँग दर्जन बढी गीत गाएका गायक खुमन अधिकारीले उनको बारेमा मुख खोलेका छन् । ‘गुमनाम’ रहेको चर्चा चलिरहेका बेला गायक अधिकारीले उनको बारेमा आफूलाई थाहा भएका कुरा एक अन्तर्वार्ताका क्रममा खोलेका हुन् ।

    खुमन भन्छन् – ‘सायद विष्णु माझीले मसँग जति अरुसँग गीत गाउनु भएको छैन होला । उहाँ रेकर्डिङ्गमा आउनुहुन्छ, गीत गाउनुहुन्छ अनि जानुहुन्छ । देख्न त नपाउने कुरा होइन । सबैको आफ्नो, आफ्नो इच्छा हुन्छ । बाहिर देखिने या नदेखिने त्यो उसको अधिकारको कुरा हुन्छ । उहाँले गर्नुभएको कामहरु सबै सफल भइरहेको छ ।’

    यस्तै उनले स्टुडियाेमा पर्दा लगाएर गाउँदा सहज हुने भएका कारण लगाएकाे हुन सक्ने बताए । उनले भने, ‘स्टुडियोमा पर्दा लगाएर गाउँदा उहाँलाई सहज हुने भएर होला त्यसो गर्नुभएको । भेट्दा सन्चो बिसन्चो लगायतका कुराहरु आदानप्रदान हुन्छ । गीत गाउनेबेला नबुझेको कुरा सोध्नुहुन्छ । कुराकानी हुन्छ मज्जाले । बाहिर आएजस्तो हिंसा र गुमनाम हुन बाध्य बनाइएको जस्तो मलाई लाग्दैन ।’ 

    गायिका देवी घर्तीले पनि करिब १५ वर्षदेखि विष्णुसँग भेट नभएको बताइन् । उनले भनिन्– ‘भेट हुँदा कुरा हुन्छ, फोन सम्पर्क हुँदैन । लुकाएको हो वा लुकेको, त्यो त हामीलाई थाहा छैन । थाहा नभएको विषयमा बोल्न मिल्दैन । तेस्तै -पछिल्लो समयमा बिष्णु माझीको तिज गित चरी जेलैमाले निकैनै चर्चा-पायको देख्न सकिन्छ। सामाजिक संजालहरु संगै टिकटकमा धेरैले भन्ने गरेका छन् बिष्णु माझीको जिबनसंग मेलखाने गित भनेर तर यसभित्रका धेरै कुराहरु सबैले आआफ्नो तरीकाले पनि बुझ्न सकिन्छ। किन भने बिष्णु माझीको बारेमा यो गित भन्दा अगाडि पनि यस्ता कुराहरु नआयका होइनन।

    आयर पनि बिष्णु माझी आफैले पनि आयका कुराहरु लाइ प्रष्ठ समेत स्याङ्गजामै पुगेर गराउनु भयको खबर धेरैलाई जानकारी समेत छ। तर खास उहाको व्यक्तिगत जिन्दगीको बारेमा उहाहरु लाइ मात्र थाहा होला। जसको प्रतीक्षा धेरै दर्शक श्रोताहरुले गर्नु भयको छ। अब लागौ तिज गित चरी जेलैमा बारेमा छोटो चर्चाबारे। एल्बम ‘पुतलीको भट्टी’ भाग १७ का रुपमा यस तिज गीत हालचालै ल्याईएको हो ।

    हालसालै उनको स्वरमा ‘चरी जे’लैमा बोलको तीज गीतको म्युजिक भिडियो सार्वजनिक भयको छोटो समयमै धेरै भाइरलनै हुन पुग्यो। जुन गित अहिले विभिन्न सामाजिक संजाल संगै अझै टिकटका का भित्ताहरु समेत यसै गीतले भरीदै गयको देख्न सकिन्छ। यसअघि ‘पुतलीको भ’ट्टी’ भाग १६ सम्म सार्वजनिक भईसकेको अवस्थामा ति गीतहरुले दर्शकहरुको धेरै माया पायपनि अहिलेको गीतमा भने धेरैले फरक फरक प्रतिक्रिया दीइयको देख्न सकिन्छ। 

    सुन्दरमणी अधिकारीको शब्द अनि लयमा रहेको अहिलेको भाग १७ मा पनि ‘चरी जे’लैमामा गीतलाई विनोद बाजुरालीले म्युजिक एरेन्ज गर्नु भयको थियो। सपना म्युजिक इन्डष्ट्रिजको युट्युबमार्फत सार्वजनिक गीतको भिडियोमा ललिता पौड्यालको अभिनय छ। शिव बि.क.को नृत्य निर्देशनमा रहेको उक्त गीतको भिडियोमा सुन्दरमणीले नै भिडियोको निर्माण एवं निर्देशन गरेका हुन् । 

    हिजो आज धेरै गीतहरुले तीजको मौलिकता बिर्शीयको गुनासोहरु आईरहेको समयमा यस गीतलाई स्रोता एवं दर्शकले मौलिकता बोकेको गीत पनि भनेर धेरैको प्रतिक्रिया समेत हामीहरुले देख्न सकिन्छ। खासगरी श्रीमान नराम्रो बानीको पर्दा चेलिले पाउने पीडाहरुलाई गीतमा व्यक्त गरिएको छ। गीतले यतिबेला युट्युब र टीकटकमा निकै चर्चाबटुल्दै गएको छ।

    भिडियो हेर्नुस

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij