Friday, Oct 30 2026 शुक्रवार, कार्तिक १४ गते २०८३

Logo

Friday, Oct 30 2026 शुक्रवार, कार्तिक १४ गते २०८३

‘ओई भन्यो मायाले’ गायक हरि बिमर्षीको बहुप्रतिक्षित गीत ‘अन्तराष्ट्रिय मान्छे’ आजवाट सार्वजनिक

‘ओई भन्यो मायाले’ गायक हरि बिमर्षीको बहुप्रतिक्षित गीत ‘अन्तराष्ट्रिय मान्छे’ आजवाट सार्वजनिक

  • पौष २४, २०७७ शुक्रवार
  • ०८:०३:४६ बजे
  • 867
    SHARES
  • ‘ओई भन्यो मायाले’ गायक हरि बिमर्षीको बहुप्रतिक्षित गीत ‘अन्तराष्ट्रिय मान्छे’ आजवाट सार्वजनिक

    पछिल्लो करिव डेड बर्ष देखी अत्याधिक लोकप्रिय रहँदै आएको गीत ओई भन्यो मायाले झ्यालबाटका गायक हरी गिरी बिमर्षिको नयाँ गीत आज सार्वजनिक हुदै छ !FB_IMG_16100723717978789.jpg अन्तरराष्ट्रिय मान्छे बोलको बहुप्रतिक्षित यो गीत यो गीत ओई भन्यो गायिका बबिना किराँती संगैको युगल आवाजमा भिडियो सहित सार्वजनिकको तयारीमा रहेको गीत हो । यस गीतको शब्द तथा संगीत गायक बिमर्षी स्वयंको रहेको छ ।

    नेप सिने म्युजिकले पब्लिसिङ र डिस्ट्रिब्यूसनको जिम्मा लिएको यस गीतको भिडियोमा पछिल्लो समय चर्चामा रहेका कलाकार हरिश निरौला, चक्र बम र उषा उप्रेतीको अभिनय रहेको छ । जनवरी ८ तारिकका दिन सार्वजनिक मिती तय भएको यस गीतको भिडियोबिधान कार्कीको निर्देशनमा निर्माण भएको हो ।

    जसमा उत्सव दाहालले छायांकन तथा बिकाश दाहालले सम्पादन गरेका हुन् । ‘अन्तराष्ट्रिय मान्छे’लामो समयदेखी स्रोता दर्शकको पर्खाईमा रहेको गीत हो ।

    नेपाली सांगीतिक क्षेत्रमा लामो यात्रा तय गरेका र पछिल्लो समय ओई भन्यो मायाले गीतबाट अत्याधिक चर्चामा आएका गायक विमर्षिको यस गीत पनि सफल हुनेमा निर्माण टिम आशावादी देखिएको छ भने गीतको अडियो भिडियो निर्माणमा समेत मेहनत गरेकाले गीत र भिडियो दुवै राम्रो बनेको छ ।

  • सम्बन्धित विषय:

  • # हरि गिरि बिमर्षी

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij