Friday, Oct 30 2026 शुक्रवार, कार्तिक १४ गते २०८३

Logo

Friday, Oct 30 2026 शुक्रवार, कार्तिक १४ गते २०८३

बजेट

पालुङटार नगरपालिकाको नवौं नगर सभा सम्पन्न

पालुङटार नगरपालिकाको नवौं नगर सभा सम्पन्न

  • आषाढ १०, २०७८ बिहिवार
  • १७:१६:०१ बजे
  • 890
    SHARES
  • पालुङटार नगरपालिकाको नवौं नगर सभा सम्पन्न

    पालुङटार,गाेरखा । आज विभिन्न पालिकाहरुले नगरसभा तथा गाउँ सभा गरेका छन् । जसमध्ये पालुङटार नगरपालिकाले अन्य पालिकाहरुकाे तुलनामा उत्कृष्ट कार्यक्रम ल्याएकाे छ । आज भैरहेकाे नीति, कार्यक्रम तथा बजेटले उक्त कुराकाे पूष्टी गरेकाे हाे । जिल्लाका ११ पालिका मध्ये २ वटा पालिकाले कार्यक्रम स्वीकृत गरिसकेका छन् । आज पालुङटार सहित सात पालिकाकाे कार्यक्रम चलिरहेकाे छ । आरुघाट र चुमनुब्री गाउँपालिकाकाे भने स्वास्थ्य र प्रकाेपका कारण केही दिन पछि कार्यक्रम आउने भएकाे छ । 

    पालुङटार नगरपालिकामा यतिबेला नीति,कार्यक्रम तथा बजेट घाेषणा भइरहँदा विद्यालय जाने बालबालिकाहरुकाे जीवन विमा , अक्षर चिनाैँ पालिकासँग कार्यक्रमहरु अगाडि आएका हुन् । बालबालिकाहरुले पालुङटार नगरपालिका लेख्न नसक्दा सम्म बर्सेनी कलम र कापि पालिकाले दिने गरी निति ल्याएकाे हाे । यसले राज्य बालबालिका सम्म पुगेकाे जानकारहरु बताउँछन् । बालबालिकाहरुका लागि गरिएकाे लगानी उत्कृष्ट रहेकाे उनीहरुले बताएका हुन् । 

    समुदायमा गएर बालबाालिकाहरु र अभिभावकहरुलाइ कानुनी शिक्षा दिने समेत कार्यक्रममा उल्लेख छ । ८२ कराेडका बजेटमा अन्य विकास निर्माणका कार्यक्रमहरु समेटिएका छन् ।

  • सम्बन्धित विषय:

  • # पालुङटार
  • # नगर सभा

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij