Thursday, Oct 29 2026 बिहिवार, कार्तिक १३ गते २०८३

Logo

Thursday, Oct 29 2026 बिहिवार, कार्तिक १३ गते २०८३

बजेट

आँपपिपल अस्पताललाई ५० शैय्याको वनाऊन १ करोड ५० लाख रुपैयाँ विनियोजन

आँपपिपल अस्पताललाई ५० शैय्याको वनाऊन १ करोड ५० लाख रुपैयाँ विनियोजन

  • आषाढ १, २०७८ मंगलवार
  • १९:१७:०४ बजे
  • 1.5K
    SHARES
  • आँपपिपल अस्पताललाई ५० शैय्याको वनाऊन १ करोड ५० लाख रुपैयाँ विनियोजन

    पोखरा- गोरखाको आँपपिपल अस्पताललाई ५० शैय्याको बनाइने भएकाे छ । गण्डकी प्रदेश सरकारले बहुक्षेत्रीय पोषण कार्यक्रमलाई निरन्तरता यस्ताे व्यबस्था गरेकाे हाे । 

    यसका लागि १ करोड ५० लाख रुपैयाँ विनियोजन भएको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोषण कार्यक्रमलाई निरन्तरता दिइएको बताएका छन् । 

    बालबालिका, गर्भवती र अ'पा'ङ्गका लागि पोषण पुर्‍याउन कार्यक्रमलाई निरन्तरता दिइएको उनले बताए । संघ सरकराको सहयोगमा सबै जिल्ला अस्पताललाई २५ देखि ५० शैय्या र धौलागिरि अस्पताललाई स्तरोन्नती गरिने उनले बताए । सबै जिल्ला अस्पतालमा २ देखि ५ शैय्याको सघन उपचार कक्ष स्थापना हुने पोखरेलले बताए । 

    सबै जिल्ला अस्पतालमा आँखा, डायलाइसिस र ज्येष्ठ नागरिक वार्ड बनाउन बजेट विनियोजन भएको छ । नवलपुरको मध्यविन्दू अस्पताल, तनहुँको दमौली अस्पताल, बागलुङको धौलागिरि अस्पताल, पर्वतको भिरकोट अस्पताललाई ट्रमा सेन्टरको रुपमा स्तरोन्नती गरिने बताए । 

    गण्डकी विश्वविद्यालयमा ३५० शैय्याको जनरल, ५० शैय्याको मु'टु रोग, ५० शैय्याको अर्बुद र ५० शैय्याको मि'गौ'ला रोगको उपचार हुने शिक्षण अस्पतालको निर्माणका लागि बजेट विनियोजन भएको छ । क्या'न्स'र, मु'टु रोग, पा'र्किन्सन, मि'र्गौ'लाको उपचारमा गरिब विपन्नलाई सहयोग गर्ने गरी मासिक ४ हजार उपलब्ध गराउन बजेट विनियोजन गरिएको मुख्यमन्त्री पोखरेलले बताए ।

  • सम्बन्धित विषय:

  • # आँपपिपल अस्पताल

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij