Tuesday, Nov 03 2026 मंगलवार, कार्तिक १८ गते २०८३

Logo

Tuesday, Nov 03 2026 मंगलवार, कार्तिक १८ गते २०८३

लाईभ दोहोरी

दोहोरीमा राजनिति रोजेका गायक कुशल बेलबासे र पुर्णकला बिसिले अन्तत घरजाम गर्ने निधो गरे (भिडियोसहित)

दोहोरीमा राजनिति रोजेका गायक कुशल बेलबासे र पुर्णकला बिसिले अन्तत घरजाम गर्ने निधो गरे (भिडियोसहित)

  • जेठ २८, २०७८ शुक्रवार
  • २१:४३:०१ बजे
  • 1.1K
    SHARES
  • दोहोरीमा राजनिति रोजेका गायक कुशल बेलबासे र पुर्णकला बिसिले अन्तत घरजाम गर्ने निधो गरे (भिडियोसहित)

    केपि कुमार जलन, बागलुङ : दाेहाेरीमा राजनिती राेज्दा राेज्दै अन्तत बिहे गरेर घर जाम गर्ने निधाे गायक गायिकाले गरेका छन । काेराेना कहरले थला परेकाे सांगितिक बजारमा प्रत्यक्ष दाेहाेरी मार्फत आम श्राेतालाई मनाेरन्जन दिने उदेश्यका साथ स्वास्थ्य मापदण्ड पालन गरि निकै राेमाञ्चक दाेहाेरी सम्पन्न भएकाे छ ।

    हरेक एपिसाेड मा जस्तै चर्चित अनुहारकाे साथमा जुनकिरी राेधी घरकाे एपिसाेड -५६ भागमा पछिल्लाे समयका बहुचर्चित गायक कुशल बेलबासे र चर्चित गायिका पुर्णकला बिसीकाे जुहारीले सुनमा सुगन्ध थप्याे ।

    काेभिड १९ का कारण मेला महाेत्सब ठप्प बनिरहेकाे बेला सिमित दाेहाेरी घरमा संचालन गरि अाम श्राेतालाइ मनाेरञ्जन दिने प्रयत्न राेधी घरले गरेकाे छ ।

    पुरानाे माैलिक भाका फुला मायामा नभुला बाेलमा प्रस्तुत गरिएकाे दाेहाेरीमा गायक कुशल बेलबासेले दाेहाेरी उठानकाे क्रममा दिन हाेस या रातमा पनि संगै भएकाे अनुभुतिबाट सुरूवात गरेका थिय भने गायिका पुर्णकला बिसीले कालपनि जितेकाे अनुभूति गरेकी थिईन दाेहाेरी प्रस्तुत हुँदै गर्दा संगै भएकाे र बिरामि हुदा ऒषधिले निकाे भएर माेटायकाे कुरा मात्र भयनन कि सरकारले काम गर्न नदियकाे आराेप समेत लगाईयकाे थियाे यधपि गायक कुशल बेलबासेले गायिका बिसिलाई राजनितिमा लाउन अनुराेध गरेपनि बिसीले मायामा राजनिति खेल्न अनुराेध गर्दे बैबाहिक जिबनमा बाधिन सकिने बाटाे खाेजेकाे प्रतिक्रिया दिएका छन |

    यसाे त गायिका पुर्णकला बिसिले कुशललाइ मेराे बारे के साेच्छाै त भन्ने प्रश्न गरिरहदा कुशलले बिहे गरेर घर लैजाने र ९ वटा गाडिमा जन्ति लियर बिसीकाे जन्मघर बर्दिया जाने निधाे गरे भने बिसिले साच्चिकै बर्दिया जान्छाै त यसरी प्रश्न गरेकि थिइन कुशलले जबाफमा अाफु भारत पनि जाने सक्ने अडान राखेका थिय अन्तत चलेकाे दाेहाेरीमा घरजाम गर्ने निधाे देखि बिहे पछि गाउकाे परिबेश संस्कार अनि दुख सुखकाे साटासाट गरि सुन्दर भबिष्यकाे कल्पना गरेका थिय ,हरेक एपिसाेडमा जस्तै याे दाेहाेरीले राम्राे प्रतिक्रिया पाउनेमा गायक गायिका बिस्वस्त छन , छाेटाे समयमा निकै लाेकप्रियता कमाउन सफल जुनकिरी राेधी घरले अाम दर्शाककाे मन जितेकाे छ ।

    प्रस्तुत दाेहाेरीमा गायक बेलबासेलाई ,रिजन सुनार यान प्रसाद न्याैपाने र बिसिलाई उत्सब घिमिरे लिला बिरही संगिता ढुङगेलले साथ दिएका थिय ।

    हेराै प्रस्तुत लाईभ दाेहाेरी भिडियाे

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij