वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठलाई बुधवार पुनः अस्पतालमा भर्ना गरिएको छ । कलाकार श्रेष्ठको शरीरमा अक्सिजनको मात्रा कम भएसँगै उनलाई मेडिसिटी अस्पतालमा भर्ना गरिएकाे हो ।
गत वैशाख १० गते पहिलो पटक अस्पताल भर्ना भएका श्रेष्ठको स्वास्थ्यमा सुधार आएसँगै एक सातापछि गत आइतबारमात्रै डिस्चार्ज गरिएको थियो।
वैशाखको पहिलो साता कोरोना भाइरसको संक्र'मण् पुष्टि भएपछि श्रेष्ठको छातीमा समेत सामान्य इन्फेक्सन देखिएको छ । उनको अवस्था सामान्य नभएसम्म अस्पतालमै राखेर उपचार गरिने पारिवारिक स्रोतले बताएको छ ।