Thursday, Oct 29 2026 बिहिवार, कार्तिक १३ गते २०८३

Logo

Thursday, Oct 29 2026 बिहिवार, कार्तिक १३ गते २०८३

यी हुन् ओझेलमा परेका नेपाली कम्प्युटर वैज्ञानिक, नेपालमै थियो कम्प्युटर कारखाना (भिडिसहित)

यी हुन् ओझेलमा परेका नेपाली कम्प्युटर वैज्ञानिक, नेपालमै थियो कम्प्युटर कारखाना (भिडिसहित)

  • बैशाख ३, २०७८ शुक्रवार
  • २१:४१:१३ बजे
  • 948
    SHARES
  • यी हुन् ओझेलमा परेका नेपाली कम्प्युटर वैज्ञानिक, नेपालमै थियो कम्प्युटर कारखाना (भिडिसहित)

    काठमाडौं ।मुनि शाक्य, नेपालका पहिलो कम्प्युटर वैज्ञानिक। उनले विदेशमा पढ्ने मौका पाए तर स्वदेशमा फर्किएर कम्प्युटर बनाए। जसले विश्वभर चर्चा पाएको थियो। सन् १९८० को दशकमा कम्प्युटर बनाउनु चानचुने कुरा थिएन। फ्रान्समा पढेर र अत्यावश्यक सामग्री उतैबाट ल्या’एर मुनि शा’क्यले नेपालमै माइक्रो कम्प्युटर बनाए।

    देवनागरी लिपीसहितको नेपाली कम्प्युटरले विश्वभर चर्चा कमायो। कनकी त्यो बे’ला नेपा’लको लागि मात्र होइन दक्षिण एशियामै कम्प्युटर आविष्कार नौ’लो थियो। मुनि शा’क्यसँग ज्ञान थि’यो। सिप थियो। त्योसँगै थियो औधी जाँगर। पैसा कमाउनकै लागि, आरामदायी जीवन बिताउनकै लागि उनीसँग थुप्रै विकल्पहरु थिए। तर, विदेशमा लामो समय बसेकाले देशको महत्व उनलाई राम्रैसँग महसुस भएको थियो।

    त्यै बुझेर नै उनी गतिला प्रस्तावहरुको प’र्वाह नग’री स्थायी रुपमै स्वदेश फर्के। नेपालमै त्यो समय करिब चार करोड ख’र्चेर कम्प्युटर कारखाना खोले।कारखानामा ४०, ५० जना कामदार थिए। धुलोले भरिएको यहि कारखानाबाट कम्प्युटरहरुको उत्पादन हुन्थ्यो। जसमध्ये सुरुवातमा सन् १९९४ तिर कृषि बि’कास बैंकले १९ ओ’टा कम्प्युटर किनेको थियो। सरकारले जति किन्यो मन लागेर होइन कर बलले नै किन्यो।

    नेपालमा बनेको कम्प्युटर नि चल्छ ररु भनेजस्तो गर्थे मान्छेहरु। तर, मुनि शाक्यले अमेरिकामै हजारौँ कम्प्युटर बनाएर आएका थिए। त्यसैले उनले बनाएका कम्प्युटर प्राविधिक रुपमा पुर्ण थिए। गुणस्तर हेरेर नै नेपालमा कार्यरत विदेशी संस्थाहरुले समेत त्यी कम्प्युटर किनेका थिए। कि’नकी नेपालमा ब’नाइएका कम्प्युटर बलियोसँगै २५ प्रतिशत सस्तो पनि थियो।मुनि शाक्यले कम्प्युटर बनाउन युट्युब र अनलाइन हेरेर सिक्न पाएका होइनन्।

    रात दिन नभनी निरन्तरको अध्ययन अनुसन्धानबाट नै नेपालमा कम्प्युटर निर्माणसँगै अन्य थुप्रै नयाँ कुराहरुको आविष्कार सम्भव भएको हो।विश्वका थुप्रै देशमा पुगेका मुनि शाक्य नेपालको हावापानीदेखि न’तमष्तक देखिन्छन्। तर विज्ञान प्रविधिलाई बेवास्ता गर्दा देशै पछाडि प’रिरहेको मह’सुस उनलाई भइरहेको छ। तै पनि उनि आफ्नो बुढे’सकालमा समेत नयाँ नयाँ कुराको खोजी गरिरहेकै हुन्छन्। युवा पुस्ता पनि त्यस्तै आग्रह गरिरहेकै हुन्छन्। भन्छन् अझै आशा’वादी छु, मेरो आ’शा म’र्‍या छैन।-Osnepal

    भिडियो हेर्नुहोस:

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij