Thursday, Oct 29 2026 बिहिवार, कार्तिक १३ गते २०८३

Logo

Thursday, Oct 29 2026 बिहिवार, कार्तिक १३ गते २०८३

सन्दीप र दीपेन्द्रले क्यानडामा हुने ग्लोबल टी–२० खेल्ने

सन्दीप र दीपेन्द्रले क्यानडामा हुने ग्लोबल टी–२० खेल्ने

  • जेठ ३१, २०८० बुधवार
  • ०८:४७:२२ बजे
  • 285
    SHARES
  • सन्दीप र दीपेन्द्रले क्यानडामा हुने ग्लोबल टी–२० खेल्ने

    सन्दीप र दीपेन्द्रले क्यानडामा हुने ग्लोबल टी–२० खेल्ने 

    काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीद्वय सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले क्यानडामा हुने ग्लोबल टी–२० खेल्ने भएका छन् । 

    गएराति भएको खेलाडी ड्राफ्टमा सन्दीपलाई सुरे ज्याकवारले र दीपेन्द्रलाई मोन्टेरियल टाईगर्सले अनुबन्ध गरेको हो । सुरेमा सन्दीपसँगै एलेक्स हेल्स, लिन्टन कुमार दासलगायत खेलाडी रहेका छन् । दीपेन्द्र आबद्ध मोन्टेरियलमा शकिव अल हसन, आन्द्रे रसेललगायत छन् । 

    सन्दीपले यसअघिका दुवै सिजनको ग्लोबल टी–२० लिग खेलिसकेका छन् । ग्लोबल टी–२० खेल्ने दीपेन्द्र तेस्रो नेपाली खेलाडी हुन् । यसअघि सन्दीप र सोमपाल कामीले यो लिग खेलिसकेका छन् । यो लिग आउने जुलाइ २० तारिखदेखि सुरु हुनेछ । ग्लोबल टी–२० लिग सन् २०१८ देखि सुरु भएको हो । सन् २०१९ मा दोस्रो संस्करण भएयता यो प्रतियोगिता सञ्चालन हुन सकेको थिएन ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij