Thursday, Oct 29 2026 बिहिवार, कार्तिक १३ गते २०८३

Logo

Thursday, Oct 29 2026 बिहिवार, कार्तिक १३ गते २०८३

विमान दुर्घटनामा परि हराइरहेका चारजना बालबालिका कोलम्बियाको जङ्गलमा ४० दिनपछि जीवितै फेला

विमान दुर्घटनामा परि हराइरहेका चारजना बालबालिका कोलम्बियाको जङ्गलमा ४० दिनपछि जीवितै फेला

  • जेठ २७, २०८० शनिवार
  • १६:०६:५० बजे
  • 894
    SHARES
  • विमान दुर्घटनामा परि हराइरहेका चारजना बालबालिका कोलम्बियाको जङ्गलमा ४० दिनपछि जीवितै फेला

    विमान दुर्घटनामा परि हराइरहेका चारजना बालबालिका कोलम्बियाको जङ्गलमा ४० दिनपछि जीवितै फेला 

    विमान दुर्घटना परेर हराइरहेका चारजना बालबालिका कोलम्बियाको जङ्गलमा ४० दिनपछि जीवितै फेला परेका छन् । ती चार बालबालिकालाई कोलम्बियाको जङ्गलबाट उद्धार गरी शनिबार बिहान राजधानी बोगोटा पुर्‍याइएको छ । बालबालिका बोकेको कोलम्बियाई सेनाको मेडिकल विमान बिहान (०५३० जिएमटी) मा सैन्य विमानस्थलमा अवतरण भएर उनीहरूलाई तुरुन्तै एम्बुलेन्सबाट अस्पताल पुर्‍याइएको बीबीसीले जनाएकाे छ । 

    तेह्र,नाै,चार र एक वर्षका ती बालबालिका सहाेदर भाइबिहिनी भएकाे बताइएकाे छ । काेलम्बियाका राष्ट्रपति गुस्टाभाे पेट्राेले उनीहरु जीवितै भेटिनुलाई जादुमय भएकाे बताउनुभएकाे बीबीसीले जनाएकाे छ । उहाँले याे दिन पूरै देशकाे लागि हर्षकाे दिन भएकाे बताउनुभएकाे छ । 

    ती बालबालिका गएकाे मे १ मा आफ्नी आमासँग जहाजमा यात्रा गरिरहेका थिए । उनीहरु एमाजाेनस प्रदेशकाे एराराकुराबाट गुवाभेर गइरहेका थिए । यात्राकै क्रममा उनीहरु सवार सेसना २०६ नम्बरकाे हलुका विमान दुर्घटना हुँदा आमा र दुई जना पाइलटकाे ज्यान गएकाे थियाे । ती तीन जनाकाे शव जहाज दुर्घटना भएकै स्थानमा फेला परेकाे थियाे । तर चार जना बालबालिका भाैतारिँदै अनकन्टार जंगलमा गएकाे हुनसक्ने आशंकापछि काेलम्बियाई सेनाले खाेजी तीव्र पाररेकाे थियाे । बालबालिकाका पाइलाका छाप पछ्याउँदै उद्धार टाेलीले खाेजी गरेकाे थियाे । त्यहाँका स्थानीय बासिन्दा पनि खाेजी कार्यमा खटेका थिए । 

    यतिका लामाे समयसम्म जंगलमा हराएका बालबालिका जीवितै भेटिनु पक्कै पनि आश्चर्यकाे कुरा हाे । तर तीनीहरु स्थानीय ह्वीटाेटाे जाति तथा समुदायकाे भएकाे र उनीहरुलाई जङ्गली फलफुलकाे बारेमा जानकारी भएकाे र जंगलमै पनि बस्न सक्ने खुबी भएकाले जीवीतै रहेकाे हुनसक्ने अनुमान गरिएकाे छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij