Friday, Oct 30 2026 शुक्रवार, कार्तिक १४ गते २०८३

Logo

Friday, Oct 30 2026 शुक्रवार, कार्तिक १४ गते २०८३

पाथिभरा माताको दर्शन गरि आजको राशिफल पढ्नुहोस।

पाथिभरा माताको दर्शन गरि आजको राशिफल पढ्नुहोस।

  • फाल्गुण १७, २०७९ बुधवार
  • ०३:१८:०५ बजे
  • 507
    SHARES
  • पाथिभरा माताको दर्शन गरि आजको राशिफल पढ्नुहोस।

    मेष

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज शुभ समाचार सुन्न पाइनेछ । मित्रबाट विशेष सहयोग मिल्नसक्छ । अप्ठ्यारो र जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ । 

    मिथुन

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज सामाजिक क्षेत्रमा हातहरू अघि बढ्नेछन् । आफन्तको सफलता र प्रगतिमा मन रमाउनेछ । पुनर्मिलनको योग पनि रहेको छ । 

    सिंह

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । धार्मिक कार्यमा मन जानेछ । नयाँ योजना बन्नेछ, तर स्वास्थ्य प्रति सजग रहनु पर्छ । 

    तुला

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज स्थान परिवर्तनका विशेष योग देखिन्छन् । अरुको मन जित्न सकिनेछ । शुभ कार्यको चर्चा चल्नेछ र सन्तान सुख पनि मिल्नेछ ।

    धनु

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज मन प्रसन्न रहने र स्वादिष्ट भोजन पाइनेछ । आम्दानी बढाउने योजना गर्न सकिनेछ । राजनैतिक कार्यमा बढी सफलता मिल्ला । 

    कुम्भ

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) धर्म कर्म र सामाजिक कार्यमा मन जानेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । प्राविधिक क्षेत्रका कार्यमा सफलता पाइनेछ ।

    बृष

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज धर्म‚ कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । जोशजाँगर र हिम्मत बढ्ला । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । 

    कर्कट

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । स्वास्थ्यमा धन खर्च हुनेछ । शैक्षिक क्षेत्र पनि कमजोर रहने देखिन्छ । 

    कन्या

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज मनोरञ्जन पूर्ण दिन रहनेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । आफ्नै दक्षतामा कार्यहरू सम्पन्न हुनेछन् ।

    बृश्चिक

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अनावश्यक खर्च हुने र मानसिक चिन्ता बढ्नेछ । शैक्षिक क्षेत्र कमजोर नै रहला । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ ।

    मकर

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आँटेको र ताकेको कार्य अघि बढ्नेछ । पारिवारिक सहयोग र सद्भाव बढ्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।

    मीन

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज धन हानी हुनसक्छ । शेयर बजारले पनि साथ नदेला आहार विहारमा सावधानी अपनाउनु पर्नेछ, तर साँझमा धन खर्च भने रहला । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij