Friday, Oct 30 2026 शुक्रवार, कार्तिक १४ गते २०८३

Logo

Friday, Oct 30 2026 शुक्रवार, कार्तिक १४ गते २०८३

१९ वर्षमुनिको विश्व कप एसिया छनोटमा नेपालले आज सिङ्गापुरसँग खेल्दै

१९ वर्षमुनिको विश्व कप एसिया छनोटमा नेपालले आज सिङ्गापुरसँग खेल्दै

  • फाल्गुण १२, २०७९ शुक्रवार
  • १४:२९:४७ बजे
  • 215
    SHARES
  • १९ वर्षमुनिको विश्व कप एसिया छनोटमा नेपालले आज सिङ्गापुरसँग खेल्दै

    १९ वर्षमुनिको विश्व कप एसिया छनोटमा नेपालले आज सिङ्गापुरसँग खेल्दै 

    काठमाण्डाै – आईसीसी १९ वर्षमुनिकाे विश्व कप एसिया क्षेत्र छनोटकाे खेल आज शुक्रवारदेखि देखि यूएईमा सुरु हुँदैछ । नेपालसहित छ टोली सहभागी छनोट प्रतियोगिताको विजेताले सन् २०२४ मा श्रीलङ्कामा हुने १९ वर्षमुनिकाे विश्व कप खेल्न पाउनेछ ।

    नेपालले आज सिङ्गापुरसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यो खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे इडेन गार्डेन्समा सुरु हुनेछ । प्रतियोगितामा नेपाल, सिङ्गापुर, मलेसिया, हङकङ, कुवेत र यूएई रहेका छन् । यो प्रतियोगिता लिगको आधारमा हुनेछ । शीर्ष स्थानमा रहने टोलीले सन् २०२४ मा श्रीलङ्कामा हुने विश्व कप खेल्न पाउनेछ । 

    नेपालले अन्तिम पटक सन् २०१६ मा यो विश्व कप खेलेको थियो । नेपाल सन् २०१८ को १९ वर्षमुनिकाे विश्व कप छनोटमा अफगानिस्तानसँग पराजित हुँदै बाहिरिएको थियो । त्यस्तै सन् २०१९ को एसिया क्षेत्र छनोटमा यूएईसँग डकवर्थ लुइस पद्धतिकाे आधारमा १ रनले पराजित भएको थियो । त्यो १ रनको हारले नेपालले सन् २०२० र २०२२ को १९ वर्षमुनिकाे विश्व कप खेल्न पाएन । 

    नेपालको टोलीको कप्तानी देव खनालले गर्दैछन् । आज पहिलो खेल सिङ्गापुरसँग खेल्ने नेपाली टोलीले भोलि शनिवार कुवेतसँग, फागुन १५ गते हङकङसँग, १६ गते मलेसियासँग र अन्तिम खेल फागुन १८ गते यूएईसँग खेल्नेछ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Global Media and Research Center Site By: sobij